|
![]() |
माघ ९ – ३० वर्ष भन्दा लामो समयपछि बोलचाल गरेर दर्शकलाई अचम्मित पारेका बलिउड कलाकार अमिताभ बच्चन र रेखाको प्रसंग सेलाउन नपाउँदै फेरि रेखाको अर्को खबरले बलिउड बजारमा सनसनी मच्चाएको छ ।
एक अर्कोको नजिक पनि नपर्ने यी दुई कलाकारको बोलचालले जसरी दर्शकलाई झड्का लागेको थियो त्यसैगरी रेखाले अमिताभ बच्चनकी पत्नी जया बच्चनको खुट्टा छोएको खबर अहिले बलिउडमा गरमागरम मसला बनेको छ ।
भारतको मुम्बईमा जनवरी १४ तारिखमा भएको स्क्रिन अवार्ड कार्यक्रममा जया प्रवेश गर्दै गरेका बेला रेखाले झुकेर जयाको खुट्टा छोएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यही स्क्रिन अवार्ड कार्यक्रममा नै अमिताभ बच्चन र रेखाको सम्बन्धमा जमेको हिउँको ढिक्का पग्लिएको थियो । कार्यक्रममा रेखा र अभिताभ बच्चनबीच मात्र नभई जया बच्चनसँग पनि अभिवादन साटासाट भएको थियो । जया बच्चनले आत्मियताका साथ रेखाको हात समातेको खबर भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेका थिए ।
एक समय प्रेमको बन्धनमा बाधिँएका रेखा र अमिताभको सम्बन्धमा चलचित्र सिलसिला पछि भने गाँठो परेको बताइन्छ । त्यस यता सार्वजनिक स्थल वा सार्वजनिक कार्यक्रममा पनि यी दुई टाढै बस्थे ।
उनीहरुको सम्बन्धमा बढेको दुरीलाई मध्यनजर गर्दै आयोजकले पनि त्यहि अनुसारको व्यवस्था मिलाउँथे । सन् १९७६ मा चलचित्र दो अन्जानेमा अनुबन्धित भएका बेला रेखा र अभितामबीच प्रेम बसेको बताइन्छ ।
रेखाले छोइन् जयाको खुट्टा
0 comments:
Speak up your mind
Tell us what you're thinking... !