Headlines News :
Home » » मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु




धादिङ ९ माघ – धादिङवेशी मलेखु सडक खण्डको नलाङ गाविस ७ चनौटे खोला नजिकै भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । धादिङको सल्यानटारबाट धादिङबेशी हुँदै मलेखु जाँदै गरेको बा ५५ प ६८९ नम्बरको मोटरसाईकल विहीबार विहान अनियन्त्रित भई सडकमै पल्टिँदा सल्यानटार ८ का मोटरसाईकल चालक २७ वर्षीय अयन घलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सल्यानटार ८ का २२ वर्षीय सुजित मानन्धरको धादिङ जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार