|
![]() |
काठमाडौं, अहिले संसारभरको जनसंख्या दिनदिनै बढिरहेको छ । यस्तो अबस्थामा सुविधा सम्पन्न ठाउँहरूमा मानिसहरूको घनत्व पनि निकै बढेको पाइन्छ । यसरी जनघनत्व बढ्दै जाँदा बासस्थानको नै कमी हुने अवस्था भैरहेका बेला खेतीका लागि समेत स्थान अभाव कुरामा कुनै शंका छैन । यस्तो अबस्थामा खेतीको लागि जमिनको बिकल्प खोज्नु पर्ने आवश्यकता परिसकेको छ । यसै कुरालाइ ध्यानमा राख्दै बेल्जियनका एक आर्किटेक्ट भिन्सेन्ट कलेबटले हावामा खेती गर्ने प्रविधीको डिजाइन गरेका छन् । उनले हावामा नै खेती गर्ने प्रविधीको डिजाइन समेत गरिसकेका छन । यसका लागी उनले उनले १ सय ३२ तलाको एउटा फर्मको निर्माण गर्ने योजना समेत सार्वजनिक गरेका हुन् । उनले बताए अनुसार सन् २०५० पछि शहरहरूमा खेति गर्नेका लागी उचित स्थान नभेटिने हुनाले उनले १ सय ३२ तलाको उक्त फर्मको डिजाइन गरेका हुन् । उनले डिजाइन गरेको फर्ममा सम्पूर्ण कुराहरू फलाउन सकिने बताएका छन् । उक्त भवनमा तरकारी लगाउने मात्र नभै पशुपालन गर्नेसम्मको सुविधा रहनेछ । उनले मासुको लागि समेत विचार गरेर उक्त भवनमा पशुपालनको व्यवस्था गर्न लागिएको बताएका छन, यहाँबाट दुग्ध पदार्थको समेत उत्पादन गर्न सकिनेछ । उनले डिजाइन गरेको उक्त भवनमा आकाशबाट परेको पानी लिने र आवश्यकता अनुसार सिचाई गर्न सक्ने प्रविधिको समेत प्रयोग गरिनेछ । ३९ वर्षीय भिन्सेन्टले प्रत्येक भवनका लागि चाहिने उर्जाका लागि उक्त भवनमा नै उर्जाको व्यवस्था गरिने बताएका छन । जसका लागी उर्जा सूर्यको प्रकाश र हावाबाट निकालिने छ । त्यसैगरि तातो हावा तानेर जाडोयाममा तातो बनाउने कार्यको व्यवस्था समेत उक्त भवनमा गरिने कुरा भिन्सेन्टको बताएका छन । उनले डिजाइन गरेको भवन कस्तो छ त हेर्नुहोस ।अब हावामानै खेती गर्न सकिने (फोटो फिचर सहित)
0 comments:
Speak up your mind
Tell us what you're thinking... !