|
|
|
|
२३ पुस, काठमाडौं । इरानमा जेल परेर सजायँ भुक्तान गरिसकेका दुई नेपाली स्वदेश फर्किने हवाइ टिकटको व्यवस्था नहुँदा अलपत्र परेका छन् । काठमाडौंस्थित परराष्ट्र मन्त्रालयले सम्पर्क गर्ने प्रयास गर्दा उनीहरुसँग सम्पर्क हुन नसकेको बताएको छ । इरानाम अभर पर्नेहरुमा जेल परेर गत नोभेम्बरमा सजायँ भुक्तान गरिसकेका रुकुम जिल्ला ताकसेरा गाविसका कृष्णबहादुर बुढा र नवलपरासी जिल्ला देउराली गाविसका जबरसिंह दर्लामी रहेका छन् । उनीहरु टिकटको अभावमा इरानमा अलपत्र परेको पाकिस्तानस्थित नेपाली दुतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको हो । इरानमा नेपाली दूतावास नभएकाले पाकिस्तानस्थित नेपाली दूताबासले नै त्यहाँको समस्या हेर्ने गरेको छ । वैदेशिक रोजगारीका लागि जाने नेपालीकाहरुको संख्या बढ्दो रहे पनि इरानमा सीमित अत्यन्तै सीमित नेपालीहरु रहेको दूतावासको भनाइ छ । काठमाडौंस्थित परराष्ष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले दुतावासबाट प्राप्त पीडितका आफन्तको भनिएको मोबाइलमा सम्पर्क गर्दा सम्पर्क हुन नसकेको एक कर्मचारीले अनलाइनखबरलाई बताए । फोन सम्पर्क नभएपछि सम्बन्धित जिल्ला प्रशासनलाई पीडितका आफन्तलाई सम्पर्क गर्न कार्यालयमा पठाइदिनू भनी परराष्ट्रले मंगलबार लेखी पठाएको छ जेलबाट छुटेका दुई नेपाली इरानमा अलपत्र


0 comments:
Speak up your mind
Tell us what you're thinking... !