Headlines News :
Home » » ”छायांकन स्थलबाटै छविले यसरी थर्काए रेखालाई

”छायांकन स्थलबाटै छविले यसरी थर्काए रेखालाई



म सँग रहँदा नै सबै कुरा सिकेको भए अहिले यस्तो अवस्था आउने थिएन” फोन राख्ने बित्तिकै निर्माता छविराज ओझाको मुखबाट यस्तै शब्दहरु निस्किए । “मैले कसरी हिसाब राख्छु, कोसँग कति पैसामा काम गर्छु कहिले बुझ्न नै चाहिन” छविले फेरि कसैप्रति इङ्गीत गर्दै भने । आफ्नो चलचित्र ‘लज्जा’को छायांकन स्थलमा घाम ताप्दै गरेका छविलाई एक प्राविधिकले फोन ल्याएर दिएपछि उनको पारो तातेको हो । छविलाई फोन गर्ने पात्र थिइन्, पूर्व पत्नी रेखा थापा । रेखाले एक प्राविधिकको मोबाइलमा फोन गर्दै छविलाई दिन आग्रह गरेकी थिइन् । उनले रेखाको फोन भन्ने बित्तिकै ‘भन’ भन्दै रेखासँग कुरा सुरु गरेका थिए । रेखाले छविसँग नयाँ चलचित्रको लागि निर्माण नियन्त्रकलाई कतिमा काम गराउने भनेर सोध्न फोन गरेकी रहिछन् । नेपाली चलचित्रका बाठा निर्माता मानिएका छविलाई रेखाको कुरा त्यतिबेला चित्त बुझेन, जब रेखाले उनै निर्माण नियन्त्रकको मोबाइल नम्बरमा फोन गरेर उनकै पारिश्रमिक छविसँग सोधिरहेकी थिइन् । “उसको पारिश्रमिक मेरो मोबाइलमा फोन गरेर सोध्छन् कि उसैकोमा” छवि कड्किए । “सबै कुरा पहिले नै मसँग सिकेको भए अहिले यस्तो अवस्था आउँथ्यो त ?” छविले कड्किँदै रेखाप्रति प्रश्न गरे “मसँग काम गर्ने तरिका सिक, कसलाई कसरी काम गराउँछन् जान्ने-बुझ्ने गर भन्दा पटक्कै टेरिन, अहिले आफैलाई परेपछि थाहा हुँदो रहेछ नि ।”छायांकन स्थलबाटै छविले यसरी थर्काए रेखालाई

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार