Headlines News :
Home » » ७० वर्षदेखि भूतबंगलाजस्तै विरानो विश्वकै ठूलो होटल

७० वर्षदेखि भूतबंगलाजस्तै विरानो विश्वकै ठूलो होटल



काठमाडौं २३ पुस (एजेन्सी): तपाईलाई यो सुनेर निकै आश्चर्य लाग्ला कि संसारको सबैभन्दा ठुलो होटल जसमा १० हजार त कोठाहरु मात्र छन् । तर, यति ठुलो होटल विगत ७० वर्षदेखि भूतबंगलाजस्तै विरानो बनेको छ।
यो भव्य भवन एउटा सुन्दर आइल्याण्डस्थित समुद्र किनारमा अवस्थित छ । यो सनेपछि तपाईमा पनि स्वभाविक जिज्ञासाहरु जागेको हुन सक्छ । यति ठुलो होटल कुन देशको कुन सहरमा छ रु र गत ७० वर्षदेखि किन विरानो बनेको होला रु भन्ने प्रश्न उब्जन सक्छ ।
संसारको सबैभन्दा ठुलो होटल जर्मनीको बाल्टिक सागरको रुगेन आइल्याण्डमा अवस्थित छ । यो सी–फिसिङ होटलमा १० हजार बेडरुम छन् । यसको निर्माण करिब ७० वर्षअघि गरिएको थियो । तर, आश्चर्यको कुरा यो होटल बनेदेखि अहिलेसम्म यहाँ एक जना पनि बसेका छैनन् । जर्मनीका नाजी शासकले यो विशाल होटल दा प्रोराको निर्माण सन् १९३६ देखि १९३९ को बीचमा गराएका थिए । यो होटल निर्माणमा ९ हजार कामदारलाई तीन वर्ष लागेको थियो ।
नाजीहरुले यो होटल एउटा प्रोग्राम स्ट्रेन्थ थ्रु ज्वायअन्तर्गत निर्माण गरेका थिए । यो होटल जर्मन कामदारलाई मनोरन्जनमा सहभागी गराउन र नाजी प्रापोगान्डा फैलाउने उद्देश्यले गरिएको थियो । स्थानीयहर यो भवनको स्मारक प्रकृतिको बनावटका कारण यसलाई प्रोरा –द कोलोसस० भन्ने गर्छन् । यसको अर्थ झाडीदार मैदान वा बन्जर भूमि हो ।
होटल प्रोरामा एक समाज आठ भवन बनाइएको छ। र, हरेक भवनको लम्बाई ४।५ वर्गमिटर छ । यो भवन समुद्रबाट बढीमा १५० मिटरको दूरीमा छ । नाजीहरुले यहाँ लामो समय योजना बनाएका थिए । यसमा चार एकैजस्तो रिसोर्ट थियो, सबैमा सिनेमा, फेस्टिबल हल, स्वीमिङ पुल पनि थियो । यहाँ एउटा क्रुज जहाज पनि रोकिन सक्दछ ।

जर्मनीका तानाशाह एडोल्फ हिटलरको यो निकै ठुलो महत्वकांक्षी योजना थियो । उनी एउटा सानदार रिसोर्ट बनाउन चाहन्थे, जुन विश्वमा सबैभन्दा विशाल होस् । उनले यो भवनमा २ हजार बढी बेडरुम बनाउन चाहेका थिए । होटलको हरेक कोठाबाट समुद्र देख्न सक्ने बनाइएको थियो ।
हरेक कोठाको आकार ५ बाई २।५ मिटर छ । हरेक कोठामा दुई बेडरुम, एउटा दराज र एउटा सिंक बनाइएको छ। हरेक फ्लोरमा शौचालय, शावर र बालरुम सामूहिक रुपमा बनाइएको छ। भवनको मध्य भागमा युद्धकालमा यसलाई अस्पतालका रुपमा पनि प्रयोग गर्न सकिने गरी बनाइएको छ।
हिटलरको यो महत्वकांक्षी योजना पूरा पनि हुन्थ्यो होला तर यसअघि नै दोस्रो विश्वयुद्ध सुरु भएकाले त्यो पूरा हुन सकेन । उनले भवन निर्माणमा खटिएका कर्मचारीलाई हतियार उत्पादनमा पठाएका थिए । दोस्रो विश्वयुद्धका क्रममा मित्र देशबाट भएको आक्रमणपछि हमबर्गबाट विस्थापितहरुले यहाँ शरण लिएका थिए । दोस्रो विश्वयुद्धमा बेलायत, फ्रान्स, सोभियत संघ, अमेरिका, चीन आदिबीच सहकार्य भएको थियो जबकि जर्मनी, इटली, जापान आदि मुलुक एकतर्फ थिए ।
दोस्रो विश्वयुद्ध अन्त्य भएपछि पूर्वी जर्मनीमा विस्थापितहरुलाई द प्रोराको एउटा ब्लकमा राखिएको थियो । यसपछि पूर्वी जर्मनीले यसको उपयोग आर्मी पोस्ट राखेको थियो ।
अहिले पनि भवनहरु निकै सुन्दर देखिन्छन् । केही ब्लकलाई छाडेर बाँकी खण्डहरु जस्ता छन् । सन् २०११ मा यसको एउटा ब्लकमा ४ सय बेडसहितको अस्पताल बनाइएको छ। अहिले पनि प्रोराको ३ सय बेडरुम भएको होलिडे रिसोर्टमा परिवर्तन गर्ने तयारी भइरहेको छ। स्वीमिङ पुलमा भने सपिङ सेन्टर बनाउने तयारी गरिएको छ।
७० वर्षदेखि भूतबंगलाजस्तै विरानो विश्वकै ठूलो होटल

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार