Headlines News :
Home » , » देशको नम्बरप्लेट ! यसरी देश चल्दैन भन्ने तिमीला)ई पनि थाहा छ (प्रेम बानियाँ

देशको नम्बरप्लेट ! यसरी देश चल्दैन भन्ने तिमीला)ई पनि थाहा छ (प्रेम बानियाँ



तिम्रो सिद्धान्तको लाइसेन्समा
यसरी देश चल्दैन भन्ने तिमीलाई पनि थाहा छ
हामीलाई पनि थाहा छ– आगो यसरी बल्दैन
तर पनि तिमी त्यसैगरी बगिरहेका छौ– जसरी जता
खोला बगेको छ
तिमी त्यतै हल्लिरहेका छौ– जसरी जता हावा
चलिरहेको छ
तिमीले यो खोलाको दिशा बदल्नुपथ्र्यो
यो हावा र हुण्डरीका विपरीत दौडिनुपथ्र्यो, सक्नुपथ्र्यो
र, देशको इन्जिन बदलेर
पाङ्ग्राहरु बदलेर,
यसको शरीरका अंगहरु बदलेर
पुरानो र कमजोर शक्ति बदलेर
तिमी त्यो उन्नतिको दिशामा बेगवान् हाँकिनुपथ्र्यो ।
छुट्थे यी लटरपटरहरु छुट्थे
केही र आंशिकहरु छुट्थे
नछोड्नुपर्नेलाई तिमी जबर्जस्त बोकेर हाँकिन्थ्यौं
छुट्नुपर्नेहरु छुटेर छुट्थे
सबैको आँगन हो र होइन पनि देश
तिमीले देशलाई पानीको आधारभूत सिद्धान्तमा बाँड्न
सक्दैनौ ।
त्यसैले नागरिकहरु भन्थे :
अब यो देश पुरानो नम्बरप्लेट झुण्ड्याएको त्यही
पुरानो गाडी होइन
तर, तिमीहरु सप्पैले
त्यही पुरानो नम्बरप्लेट झुण्ड्याएको गाडी चढ्यौं
त्यही ड्राइभर, त्यही खलासीले तिमीहरुलाई नियन्त्रण
ग-यो
तिमीहरुले त त्यो गाडी रोकिने स्टेशन पनि बदल्न
सकेनौं
अलिकति रातो रंग लगायौं गाडीभित्रका सिटहरुमा
अलिकति राता होहल्लाहरु ग-यौं गाडीभित्र
त्यत्ति हो ! तिमीहरु त्यो भन्दा पर्तिर कहाँ गयौ ?
हामी त यो गाडी गुडिरहेको बाटो नै बदलिएको हेर्न
चाहन्थ्यौं
हामी यो गाडीभित्रका विधिहरु बदलिएको हेर्न चाहन्थ्यौं
यसका ड्राइभर र खलासीहरु बदलिएको हेर्न चाहन्थ्यौं
खासमा हामी आफै बदलिएको हेर्न चाहन्थ्यौं, आफैलाई
साक्षी राखेर
र, अझ खासमा हामी :
यो गाडीमा वर्षौंदेखि झुण्ड्याइएको
यसको पुरानो नम्बरप्लेट परिवर्तन भएको हेर्न
चाहन्थ्यौं ।

देशको नम्बरप्लेट !

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार