|
|
|
|
संविधानसभामा मनोनीत केही ‘दाम आदमी’मध्ये निजि तथा आवासिय विद्यालय संगठन प्याब्सनका अध्यक्षका डा. बाबुराम पोखरेल पनि एक हुन् । यिनले पनि करीब डेढ करोड रुपैयाँ लगानी गरेर सभासद पद किनेको चर्चा चलेको छ । शैक्षिक माफियाका एक चर्चित खेलाडी डा. बाबुराम सभासद भएपछि विस्तारै उनका बिगतका करतुतका बारेमा पनि चर्चा सुरु भएको छ । रातोपाटीले अनुसन्धान गर्दा प्याब्सनका यी अध्यक्ष जग्गा अतिक्रमणकारी पनि रहेको तथ्य पत्ता लागेको छ । भिएस निकेतनका लागि घर टहरा बनाउने क्रममा यिनले शान्तिनगरस्थित बागमती नदि किनारको जग्गा अतिक्रमण गरेका छन् । त्यसक्रममा यिनले प्रहरीको जग्गासमेत हडप्न बाँकी नराखेको भेटिएको छ । यो मुद्दा अख्तियारमा पनि पुगेको छ । राजकुलो मिचेर स्कुल हो, बाबुराम पोखरेलले करोडौंको सरकारी जग्गा कब्जा गरेर व्यवसाय गरिरहेका छन् । शान्तिनगरस्थित भीएस निकेतनले वाग्मती किनारमा पर्ने ४ रोपनी १ आना सरकारी जग्गामा आठ वटा टहरा बनाएर स्कुल चलाउँदै आएको छ । बाबुरामले जग्गा मिचेको पोल खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी प¥यो । अख्तियारले २०६४ असार ३ गते उक्त जग्गा ६० दिनभित्र सरकारका नाममा दर्ता गर्न भूमिसुधार मन्त्रालयलाई निर्देशन दिएको थियो । बाबुरामले मापदण्ड मिचेर सरकारी जग्गामा स्कुल खोल्न काठमाडौं महानगरपालिकाका अधिकारीसँग पनि मिलोमतो गरिसकेका रहेछन् । यो थाहा पाएपछि अख्तीयारले महानगरपालीकालाई पत्र लेख्दै दुई महिनाभित्रै स्कुलका भवन भत्काउन आदेशसमेत दिएको थियो । तर चतुर बाबुरामले अर्को चलाखी गरे । अख्तियारको आदेशकाविरुद्ध उनले स्थानीय दुई महिला ६० वर्षीया विष्णुदेवी राजभण्डारी र ८७ वर्षीया जगतकुमारी राजभण्डारीलाई उचाले । उनीहरुले जग्गा आफ्नो नाममा भएको भन्दै विशेष अदालतमा उजुरी पनि दिए । यो खासमा बाबुरामकै जग्गा हडप्ने षड्यन्त्रकै अर्को सिलसिला थियो । नभन्दै विशेष अदालतले २०६६ वैशाख ३ गते ती दुई महिलाकै पक्षमा फैसला ग¥यो । तैपनि अख्तीयारले हार खाएन । विशेषको फैसला त्रुटीपूर्ण भएको भन्दै अख्तियारले त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन ग¥यो । बाबुरामले त्यो जग्गामा आफनो नाममा पार्न अदालतको पेशी सार्ने प्रपञ्च मिलाउँदै आए । काठमाडौं महानगरपालिका वडा नं. ३४ को कित्ता नं १०७ मा पर्ने उक्त जग्गा वाग्मती नदीको क्षेत्रभित्र पर्छ । यही कारण वाग्मती क्षेत्र निर्माण ढल सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समितिले त्यो जग्गा रोक्कासमेत गरेको छ । राजकुलोसमेत भएको उक्त जग्गामा कसैको नाम नभएको भन्दै मालपोत कार्यालय डिल्लीबजारले २०६२ सालमा समितिलाई पत्रसमेत लेखेको थियो । समितिले उक्त जग्गामा कुनै घरटहरा बनाउनसमेत रोक गरेको थियो । बाबुरामले यी सबै नियम मिचेर त्यहाँ टहरा बनाएका छन् । र त्यो जग्गा आफनो बनाएका छन् । प्रहरीको जग्गा पनि हडपे यति मात्र हैन, बाबुरामले प्रहरी वृत्त, नयाँ बानेश्वरको जग्गा पनि भिएस निकेतनले हडपेको छ । बाबुरामले तत्कालीन प्रहरी नायव उपरीक्षक गोरखसिंह भण्डारीलाई मोटो रकम बुझाइ झण्डै ७–८ आना जग्गा आफ्नो कम्पाउण्डमा छिराउन सफल भएका छन् । नापी नक्साको ब्ल्यू प्रिन्टको सिट नम्बर १०२–११८७–०२ मा उक्त जग्गाको अवस्था प्रस्टैसँग देख्न सकिन्छ । यो जग्गाको अहिले आनाकै पचास लाख रुपैयाँभन्दा बढी पर्छ । यसरी प्रहरीको जग्गा हडपेपछि बाबुरामले जनताको आँखामा छारो हाल्न प्रहरीको पार्किङ टहरो बनाउन जस्तापाता र केही रकम निर्माण खर्च उपलब्ध गराएका थिए । ‘स्थानीयवासीले समेत चालै नपाउने गरी बाबुरामले प्रहरीको जग्गा आफनो कम्पाउन्डमा पारे ।’, एक स्थानीय बासिन्दा भन्छन्, ‘प्रहरीको स्कुलको नाममा दिँदा डीएसपी भण्डारीले लाखौं खाए । यसको विरोधमा अब स्थानीय जनता नै लाग्नुपर्ने भो ।’ सभासद हुन डेढ करोड यसपाली अकुत पैसा खर्च गरेर धनाढ्य र भ्रष्ट चरित्रका मानिस संविधानसभामा प्रवेश गरेका छन् । एन प्याब्सनकी गिता राणासँगै प्याब्सनका अध्यक्ष बाबुराम पोखरेलले पनि यसपाली सभासद पदका लागि लगानी गरेको बुझिएको छ । भिएस निकेतनको एकाउन्ट शाखाका एक अधिकारीका अनुसार एक महिनाअघि मात्र बाबुरामले एकैपटक डेढ करोड रुपैयाँ भुक्तानी दिएका छन् । यति धेरै रकम भुक्तानी दिनुपर्ने कुनै काम कलेजमा नभएको उनी बताउँछन् । ‘केही दिन यता उहाँको उठ बस राजनीतिक दलका नेताहरुसँग भएको थियो, सभासद बनीने भइयो भन्दै प्रफुल्ल देखिनुहुन्थ्यो’, ति लेखापाल भन्छन्, ‘सभासद बन्नकै लागि हुनसक्छ त्यत्रो खर्च । आखिर सबैको तरीका त्यही रहेछ ।’ बाबुराम पोखरेलको शैक्षिक माफीयागीरीको पाटो बेग्लै छ
संविधानसभामा जग्गा अतिक्रमणकारी


0 comments:
Speak up your mind
Tell us what you're thinking... !