Headlines News :
Home » » प्रचण्डको प्रस्तावलाई बाबुरामले ‘चेक’ गर्ने

प्रचण्डको प्रस्तावलाई बाबुरामले ‘चेक’ गर्ने



काठमाडौं,पुस २१ – एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले अध्यक्ष प्रचण्डले लेखेको दस्तावेज आफूले तीन दिन पहिले हेर्न पाउनु पर्ने माग राखेका छन् । एमाओवादीले समानुपातिक निर्वाचनमा भएको पार्टीको हार र भावी रणनीतिका बारेमा केन्द्रित रहेर पुस २६ गतेबाट बस्न लागेको केन्द्रिय समितिको बैठकमा के–कस्ता एजेण्डा उठाउने भन्ने बिषयमा अनेक चर्चा परिचर्चा चलिरहेका बेला भट्टराईले पार्टी अध्यक्ष प्रचण्डसँग यस्तो प्रस्ताव गरेका हुन् । अब बस्ने केन्द्रिय समिति बैठकमा पेश गरिने प्रतिबेदन कसले लेख्ने भन्ने विषयमा छलफल गर्न शनिबार लाजिम्पाट बोलाइएका भट्टराईलाई प्रचण्डले केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने प्रतिबेदन कसले लेख्ने भन्ने जिज्ञासा राखेका थिए । जवाफमा भट्टराईले पार्टीको अध्यक्षले प्रतिवेदन लेख्ने विश्वव्यापी मान्यता रहेको बताउँदै प्रचण्डलाई नै प्रतिवेदन लेख्न भनेका थिए । तर भट्टराईले अध्यक्ष प्रचण्डले लेखेको राजनीतिक प्रतिबेदन आफूले तीन दिन अघिनै अध्ययनका लागि पाउनुपर्ने माग अध्यक्ष समक्ष राखेका थिए । ‘पार्टीको राजनीतिक प्रतिबेदन अध्यक्षले लेख्ने विश्वव्यापी मान्यता रहेको छ ,त्यही अनुरुप तपाईंले नै प्रतिबेदन लेख्नुपर्छ ’,बाबुरामलाई उद्धृत गर्दै लाजिम्पाट स्रोतले भन्यो,‘तर तपाईंले लेखेको प्रतिवेदन मैले तीन अघि पढ्न पाउनुपर्छ ।’ प्रचण्डले पेश गर्ने दस्तावेजले असन्तुष्टहरुको मागलाई सम्बोधन नगरे भट्टराईले अर्को छुट्टै प्रतिवेदन लेख्ने जानकारी प्रचण्डलाई गराएको भट्टराई निकट स्रोतले बताएको छ । जवाफमा प्रचण्डले सबै विषयबस्तु समेटेर आफूले राजनीतिक प्रतिबेदन ल्याउने आश्वासन दिएका थिए । प्रचण्ड दस्तावेज लेख्न व्यस्त सबै असन्तुष्ट पक्षको मागहरु सम्बोधन गर्ने गरी अध्यक्ष प्रचण्ड अहिले आफ्नै निवास लाजिम्पाटमा दस्तावेज लेख्न व्यस्त छन् । उनका स्वकीय सचिव चुडामणी खड्काले भने, ‘अध्यक्षले भेटघाटहरु सबै बन्द गर्नु भएको छ र बिहानदेखि नै दस्तावेज लेख्ने काममा हुनुहुन्छ ।’ उनका अनुसार आफ्नै पार्टीका कुनै पनि नेताको फोनसमेत प्रचण्डले उठाएका छैनन् । यसपटक विगतको परम्परा तोड्दै कुनै रिसोर्टमा नगई आफ्नै घरमा प्रचण्ड दस्तावेज लेख्न थालेका छन् ।
प्रचण्डको प्रस्तावलाई बाबुरामले ‘चेक’ गर्ने

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार