|
![]() |
भिडियो हेर्न बक्समा क्लिक गर्नुहोस!
बाजुरा । बाजुराको गुम्बा गाउँका नबरहादुर गुरुङकी पत्नी गर्भवती भएको सात महिना पुग्न थाल्यो । गाउँकै धनबहादुर थापाकी पत्नी पनि गर्भवती छन् । तर नरबहादुर र धनबहादुरले भने अहिल्यै सम्धी साइनो गाँसिसके । उनीहरु दुबैबाट एउटाको छोरा अर्काको छोरी जन्मिए उनीहरुको विहे हुने पक्का भइसक्यो ।
कान्तिपुर दैनिकको एक समाचारमा जनाइए अनुसार विच्छ्याँ गाविसमा पर्ने गुम्बा गाउँमा भोटे जनजातिको बसोबास छ । उक्त गाउँका जनजाति परिवारले आफ्ना सन्तान गर्भमै भएका बेला विवाहको छिनोफानो गरिसक्छन् ।
१५ वर्ष उमेर नपुग्दै औपचारिक रुपमा विहे समेत गरिदिन्छन् । २५ परिवारको मात्र बसोबास रहेको गुम्वामा गर्भमै छँदा विवाह पक्का गर्ने अभिभावकको पुख्र्यौली परम्परा हो । ‘यो हाम्रो मौलिक परम्परा हो ।’ नरबहादुरले भने ।
सदरमुकाम मार्तडीदेखि ६० कोष टाढा रहेको गुम्वा गाउँमा पाँच वर्षमुनिका बालबालिकाको संख्या ३८ रहेको छ । त्यहाँका बालबालिकाको विहे पहिलो प्राथमिकता नातेदारसँग हुन्छ । फुपु र मामाको छोरा छोरीवी ती बालबालिकाको विहे पहिलो प्राथमिकतामा पर्ने गर्दछ । त्यसो नभए त्यसपछिका अन्य नातेदारसँग विहेको पहल हुने गर्छ ।
पूर्वाधारबाट बञ्चित गुम्वाका बासिन्दा यति बेला घरपरिवारसहित जाडो छल्न औल झरेका छन् । गाउँका कसैले पनि एसएलसी पास गरेका छैनन् । जिल्लाका अन्य गाविसमा बालविवाह विरोधी अभियान पुगेपनि यो गाविसमा अहिलेसम्म पुग्न नसकेको कुरा समाचारमा उल्लेख गरिएको छ ।
गर्भमै हुन्छ विवाहको छिनोफानो
0 comments:
Speak up your mind
Tell us what you're thinking... !