Headlines News :
Home » » गुप्ताले भने 'चियर्सको तस्बिर षड्यन्त्र खुलासाको सुरुवात'

गुप्ताले भने 'चियर्सको तस्बिर षड्यन्त्र खुलासाको सुरुवात'




भएको चार सुत्रीय सहमतिको ड्राफ्ट पनि मैले गरेको हुँ सायद, त्यो राजनीतिक निर्णयमा मैले निर्वाह गरेको भूमिकाकै कारणबाट मलाई राजनीतिको मूलधारबाट पर सार्नको लागि षड्यन्त्रको तानाबाना बुनियो सर्वोच्च अदालतलाई माध्यम बनाएर मलाई सिध्याउने खेल खेलियो मलाई भ्रष्टाचारको मुद्दा लगाएर जेल पठाइयो त्यो षड्यन्त्रकै एक कदम थियो


 
 
मधेसी नेता जयप्रकाशप्रसाद गुप्ताले आफ्नो राजनीति समाप्त पार्न चारैतर्फबाट षड्यन्त्र भएको भन्दै त्यसबारे पुस्तकमार्फत खुलासा गर्ने बताएका छन् आफ्नो प्रकाशोन्मुख पुस्तकमा उनले आफू सम्मिलित महत्वपूर्ण राजनीतिक घटनाका भित्री तथ्य पनि सार्वजनिक गर्ने बताएका छन् गुप्ताले पुस्तक लेखनको कार्य भइरहेको आगामी पाँच महिनाभित्र प्रकाशित गर्ने ओएनएसलाई जानकारी दिए मंगलबार आफ्नो फेसबुकमार्फत एमाओवादी–मधेसी मोर्चाका नेता बिच भएको बुँदे सहमति त्यसपछिकोवाइन चियर्स’को तस्बिर सार्वजनिक गरेका गुप्ताले त्यो कार्य षड्यन्त्र खुलासाको सुरुवात भएको बताएका छन् यसै सन्दर्भमा नेता गुप्तासँग आचार्य प्रमोद राजु केसीले गरेको अन्र्तवार्ता :
एमाओवादी मधेसी मोर्चा बिच बुँदे सम्झौता त्यसपछिकोचियर्स तस्बिर’ एकाएक सार्वजनिक गर्नुभयो नि !


मैले जुन तस्बिर प्रसङ्ग फेसबुकमा राखेँ, त्यसलाई केही सञ्चारमाध्यमहरुले रक्सी पार्टीको रुपमा चर्चा गरे यो त्यति हलुका तरिकाले चर्चा गर्नुपर्ने प्रसङ्ग हो जस्तो लाग्दैन खुसी मनाउँदा वाइन चियर्स गर्नु ठूलो कुरा होइन त्यसलाई स्वदेश विदेशमा सामान्य रुपमा लिन लिइन्छ यो एउटा चलन हो रक्सी पार्टीको रुपमा चर्चा गर्नु त्यो अल्लि अव्यवहारिक हुन्छ
मैले एउटा सन्दर्भ स्मरण गराउनको लागि ती तस्बिर सार्वजनिक गरेको हुँ माओवादी मधेसवादी दलहरुको सरकार बनाउने बेलामा मेरो भूमिका महत्वपूर्ण थियो त्यो दिन भएको चार सुत्रीय सहमतिको ड्राफ्ट पनि मैले गरेको हुँ
सायद, त्यो राजनीतिक निर्णयमा मैले निर्वाह गरेको भूमिकाकै कारणबाट मलाई राजनीतिको मूलधारबाट पर सार्नको लागि षड्यन्त्रको तानाबाना बुनियो सर्वोच्च अदालतलाई माध्यम बनाएर मलाई सिध्याउने खेल खेलियो मलाई भ्रष्टाचारको मुद्दा लगाएर जेल पठाइयो त्यो षड्यन्त्रकै एक कदम थियो
सिध्याउने खेल कसरी कसले गरे ?
समझदारी गर्ने मधेसवादी दल, माओवादी अन्यत्रबाटै पनि षड्यन्त्र भएको हो यस विषयमा विस्तृत कुरा केही समयपछि सार्वजनिक गर्नेछु माथि भएका षड्यन्त्रको बारेमा मैले पुस्तक पनि लेख्दैछु त्यसबाट पनि सबै कुरा स्पष्ट हुनेछ
समझदारी गर्दैमा षड्यन्त्र गर्नुपर्ने कारण के थियो ?


केही तत्वहरुले चार बुँदे सम्झौतालाई रुचीकर मानेका थिएनन् सम्झौता भइसकेपछियो सम्झौताको अक्षरशः पालना भएन भने भट्टराईको सरकार टिक्दैन’ भनेर जुन अडान मैले लिएँ त्यसकारणले पनि उपर षड्यन्त्र भयो सम्झौता पालना नभएमा मधेसी मोर्चा पछाडि हट्नुपदर्छ भनेर मैले लिएको अडान पनि षड्यन्त्र हुनुपछाडिको एउटा कारक हो त्यसै कारण मलाई जेल पठाइयो भन्ने जानकारीहरु मैले पाएको छु जेलबाट छुटेपछि
तपाइँलाई भ्रष्टचारको मुद्दा पहिलेदेखि नै लागेको होइन ?


यसको लामो घटनाक्रम शाही सत्ताको समयमा माथि पहिलो पटक मुद्दा चल्यो राजाले ०६१ माघ १९ गते सत्ता टेकओभर (सत्ता आफ्नो हातमा) गर्ने वित्तिकै सबैभन्दा पहिले मलाई नै नजरबन्दमा किन राखियो ? शाही सत्तामा एक्लो व्यक्ति हो, जसलाई पाँच पटकसम्म अदालतले रिहा गर्न आदेश दियो तर मलाई पाँच पटकसम्मै थुनियो शाही सत्तामा भन्दा बढी कोही थुनिएको छैन जब शाही सत्ता समाप्त भयो, राजनीतिमा फेरि सक्रिय भएँ त्यसपछि माओवादी–मधेसवादी मिलेर सरकार पनि बन्यो राजनीतिले जब एउटा टर्न (मोड) लियो, त्यत्तिखेरबाट मलाई मूलधारबाट हटाउन षड्यन्त्र गरियो ०६३ सालपछि मैले विशेष अदालतबाट सफाइ पाएँ तर ०६८ फागुनमा मलाई सजायँ दिइयो
विशेष अदालतले तपाइँ खुमबहादुर खड्काको मुद्दालाई खारेज गरेको भएपनि सर्वोच्चले उल्टायो यसमा कांग्रेसकै हात भनेर खड्काले भनिरहेका छन् तपाइँको केसमा पनि कांग्रेसको हात ?


खड्काजीले भनिरहनु भएको तर मेरो मामिलामा कांग्रेसका नेताहरुले मेरो विरुद्ध त्यस्तो गरे भन्ने जानकारी छैन
माओवादी–मधेसी बुँदे सम्झौतामा भारतको भूमिका कस्तो थियो ?
मधेसवादी पार्टीहरुले गरेका हरेक सम्झौता गतिविधिमा भारतको भूमिका रह्यो भन्ने आँकलन गर्छन् यो सम्झौता हुनुमा भारतको भूमिका थिएन बरु त्यो सम्झौतापछि भारत मधेसवादी दलहरुसँग अप्रसन्न रहेको थियो
सम्झौता हुँदा माओवादी मधेसीदल बाहेक अरु कसको भूमिका थियो ?


त्यो दिन तस्बिरमा भएका नेताहरु ती नेताका केही सहयोगी उपस्थित थिए अरु कसैलाई थाहा थिए भोलिपल्ट विहान पत्रकार सम्मेलन गरेर सार्वजनिक नहुँदासम्म
सम्झौतालाई लिएर भारत अप्रसन्न हुनुको कारण के रहेछ ?


त्यतिबेला भारतको संस्थापन पक्षको दृष्टिकोण माओवादी मधेसी मिलेर सरकार नबने हुन्थ्यो भन्ने थियो यो मैले मात्र होइन, सबै मधेसी दलले बुझेका थिए अनि माओवादी मधेसवादी पार्टीहरुमा यस विषयलाई लिएर मतभिन्नता देखियो सम्झौता गरे पनि कार्यान्वयनको पक्षमा माओवादी नेताहरुले सकारात्मक भूमिका निर्वाह गरेनन् त्यसपछि मैले एउटा कडा अडान लिएँ कि माओवादीले इमान्दारीपूर्वक सम्झौता पालना भएन भने मधेसवादीहरु सरकारबाट हट्नुपर्दछ त्यही अडानकै कारण त्यही बिच षड्यन्त्रका तानाबाना बुनियो
आफ्नो कडा प्रतिस्पर्धीको रुपमा तपाइँ रहनुभएको भएर मधेसी दलहरुले षड्यन्त्र गरे भन्ने ठम्याई हो तपाइँको ?


राजनीतिमा एकले अर्कोलाई पन्छाउने घटनाक्रम विगतको दिनमा नेपालमा भइरहेकै छन् त्यो पनि होला त्यसलाई इन्कार गर्दिन
सम्झौता गर्ने बेलामा रहेका मधेसी दलका नेताहरुसँग तपाइँको सम्बन्ध कस्तो ?


मधेसको राजनीतिमा दुईवटा धार पहिलो अहिले संविधानसभामा सहभागी भएकाहरुको धार हो संविधानसभामा गएकाहरुले सत्ताको लागि आफ्ना सबै मुद्दाहरुलाई समर्पण गरिसक्नुभएको यिनीहरुले मुद्दाको सम्बोधन गर्न सक्दैनन् यिनीहरु सत्ता समर्पण मुद्दा विर्सजनवादको बाटोमा लागिसकेका छन् यिनीहरुमा श्रीलंकाका तमिल नेता अमृता लिङ्गमको प्रवृत्ती हावी यिनीहरु संसदीय व्यवस्थामा रहुन्जेल मधेसका जनतालाई दिग्भ्रमित बनाइराख्नेछन्
अब अर्को धार भनेको मधेसको हितको लागि नयाँ शक्ति बन्नुपर्छ भन्नेहरुको हो जुन धारलाई मैले अगाडि बढाएको छु अहिलेका दलहरुले मधेसको मुद्दालाई छाडिसके त्यसैले अब आन्दोलनको विकल्प छैन त्यसैले अब मधेसमा नयाँ शक्ति निर्माण गर्नुपर्नेछ
सामाजिक कार्यक्रमहरुमा उहाँहरुसँग कहिलेकाहीँ भेटघाट भएपनि उहाँहरुसँग मेरो कुनै राजनीतिक समझदारी तारतम्य मिलाएर अगाडि बढ्ने सम्भावना छैन
तपाइँलाई अहिले कांग्रेस छाडेर गल्ती गरेको रहेछु जस्तो भएको ?


मैले कुनै गल्ती गरेको होइन मैले परिस्थितिको विश्लेषण गरेर पिछडिएका, उपेक्षित बहिस्करणमा परेका नागरिकहरुको माग सम्बोधन गर्नुपर्छ भनेर लागेको हुँ मुलुकमा अहिले पनि एककिसिमको द्वन्द्व कायमै त्यसको समाधानको पहल जारी नै राख्नेछु

गुप्ताले भने 'चियर्सको तस्बिर षड्यन्त्र खुलासाको सुरुवात'

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार