Headlines News :
Home » » इजरायलमा रोजगारी दिने भन्दै लाखौँको ठगी

इजरायलमा रोजगारी दिने भन्दै लाखौँको ठगी



काठमाडौँ, क्रिश्चियन धर्म मानेकै आधारमा इजरायल पुर्याएर रोजगारी लगाइदिने भन्दै एक जना दम्पतीले नेपाली क्रिश्चियनहरुसँग लाखौँ रकम ठगी गरिरहेको खुलासा भएको छ । आजको नागरिक दैनिकको एक समाचार अनुसार चर्चले दिने प्रमाणपत्रका आधारमा सतिस घले(सामुअल घले) र उनकी श्रमती उषा घलेले इजरायल पठाइदिने भन्दै रकम उठाएको पीडितहरुले बताएको कुरा समाचारमा जनाइएको छ । सन् २००९ देखि नै नेपाली कामदार लैजाने बन्द गरिएको इजरायलमा जागरिको लोभ देखाएर घले दम्पतीले प्रतिव्यक्ति २८ हजारलेखि २ लाखसम्म उठाउने गरेको पीडितहरुको भनाइ छ। तुरुन्तै इजरायल जान इच्छुक भनेर कतारमा हुँदा खाँदाको जागिर छोडेर आए’, सन् २०१३ मार्चमा इजरायल जाने आसमा कतारबाट फर्केका सुनसरी धरान ८ का हीरालाल विश्वकर्माले भने,’ जागिर पनि गयो, इजरायल पनि जान पाइएन।’ दार्जिलिङ निवासी सतिस र नेपाली नागरिक उषा दुवै क्रिश्चियन धर्मावलम्बी हुन् । उनीहरूले रकम लिँदा इजरायल पठाइदिन्छु भनी कबुल गरेर हस्ताक्षरसहित कागज गरिदिन्छन् । इजरायलको सपना देखेर कतारको जागिर छाडेर आएका हिरालाललार्इ पनि घले दम्पतिले आफ्नै हस्ताक्षरमा झुठो कागज लेखेर दिएको कुरा समाचारमा उल्लेख गरिएको छ । इजरायलमा रोजगारी दिने भन्दै लाखौँको ठगी

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार