Headlines News :
Home » , » बसमा आगो लाग्दा ८ को मृत्यु

बसमा आगो लाग्दा ८ को मृत्यु



नयाँ दिल्ली, १५ माघ– पश्चिम भारतीय राज्य माहाराष्ट्रमा एक सुविधा सम्पन्न बसमा बुधबार बिहान सबेरै भएको आगलागीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको माहाराष्ट्रको कुडे गाउँमा स्थानीय समयअनुसार बिहान करिब बजे सो घटना भएको जनाइएको

विपरित दिशाबाट आइरहेको एक डिजेलको टयाङ्करसँग सो सुविधा सम्पन्न यात्रुबाहक बस ठोकिँदा बसमा आगलागी भएको हो यस दुर्घटनामा अन्य १४ जना घाइते भएको पनि जनाइएको घाइतेहरूलाई उपचारार्थ नजिकैको अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या बढ्ने समेत प्रहरी स्रोतले अनुमान गरेको स्थानीय टेलिभिजन च्यानलका अनुसार सो बस पुणे सहरबाट अहमेदाबादतर्फ गइरहेको जनाइएको

भारतमा बसमा आगलागीको घटना असाधारण नभएको जनाइएको गत वर्षको नोभेम्बर महिनामा पनि भारतीय दक्षिण राज्य कर्नाटकमा भएको यस्तै घटनामा सात व्यक्तिको मृत्यु भएको थियो

सोही राज्यमा मे महिनामा भएको यस्तै घटनामा १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० घाइते भएका थिए


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार