Headlines News :
Home » » यी नेपाली, जसले प्लेन भाडाबारे नयाँ दृष्टिकोण ल्याएर विश्वभर बहस चलाए

यी नेपाली, जसले प्लेन भाडाबारे नयाँ दृष्टिकोण ल्याएर विश्वभर बहस चलाए



निर्मल अर्याल
काठमाडौं |
उनले उठाएको विषयले विश्वव्यापी रुपमा चर्चा कमायो सो विषयको चर्चा अझै पनि सेलाइसकेको छैन नेपालमा त्यसको उतिधेरै बहस नभएको होला, तर यूरोप अमेरिकातिर त्यसले ठूलै स्पेस पायो विषय उठाउने नेपाली नै हुन्, तर नेपालमा भन्दा उनको विदेशमा चर्चा बढी
ती व्यक्ति हुन्– डा. भरतप्रसाद भट्ट
जहाजको भाडा व्यक्तिको तौलअनुसार निर्धारण गर्नुपर्छ भनेर उनले उठाएको विषयमाथि यूरोप अमेरिकामा बहस जारी
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यी विद्धानको लेखलाई उच्च प्राथमिकता दिएपनि आफनै देशमा भने यिनी बिरानो बन्न पुगेका छन् केही नेपाली संचार माध्यमहरुले यिनले बहसमा ल्याएको विषयलाई स्थान दिए, तर यिनको समग्र परिचय भने गुमनाम पारियो
व्यक्तिको तौलको आधारमा हवाइजहाजमा भाडा तोकिनुपर्छ भन्ने डाक्टर भट्टको तर्कयुक्त लेख ख्यातिप्राप्त अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरु हफिङटन पोस्ट, सीएनएन, टेलिग्राफ लगायतमा छापिएका छन् भने त्यसमा थुप्रै प्रतिक्रियाहरु पनि जनाइएका छन्
यातायात अर्थतन्त्र सम्बन्धी पत्रपत्रिका तथा म्यागेजिनहरुमा उनको लेख भेटिन्छ डा. भट्ट आफ्नो तर्कको बारेमा प्राप्त प्रतिक्रियाहरु सकारात्मक रहेको बताउँछन् व्यक्तिको तौलको आधारमा हवाइजहाजमा भाडा तोकिनुपर्छ भन्ने डाक्टर भट्टकको अनुसन्धानत्मक लेखमा निकै दम भएको प्रसिद्ध प्राध्यापकहरुले बताएका छन् डेनमार्क, स्वीडेन, लगायतका देशका विश्वविख्यात विश्वविद्यालयहरुमा अध्यापनमा संलग्न प्राध्यापकहरुले आफनो लेखको मुक्तकण्ठले प्रशंसा गरेको डाक्टर भट्टको भनाई
तौलको आधारमा हवाइजहाजमा भाडा तोकिएमा औसत यात्रुहरुले केही सस्तोमा यात्रा गर्न पाउने हवाइ कम्पनीहरुको पनि इन्धनको बचत हुने भएकाले यसबाट सबैलाई फाइदा पुग्ने देखिन्छ त्यस्तै कम वजन भएका व्यक्तिले कम शुल्क तिर्ने प्रणाली लागु भएमा मोटोपना भएका व्यक्तिहरुपनि छिटो छरितो शरीर बनाउन लागिपर्ने भएकाले मानव स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने भन्दै चिकित्सकहरुले पनि डाक्टर भट्टको अध्ययनको खुलेर समर्थन गरेका छन्
आफुले पाएको ज्ञानलाई स्वदेशमै उपयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने डाक्टर भट्ट अहिले नेपालमा छन् सपरिवार नेपालमा रहेका उनले नेपाली अर्थतन्त्रलाई टेवा पुग्ने गरी अनुसन्धनात्मक लेखहरु त्यसलाई अन्तर्राष्ट्रियकरण गर्ने सोच बनाएका छन् त्यस्तै पीएचडीको तयारीमा रहेका नेपालीहरुलाई पनि अन्तर्राष्ट्रिय स्तरको कार्यपत्र निर्माणमा सघाउन तयार छन् डाक्टर भट्ट त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका भट्टसँग नेपालको धितोपज्ञ बोर्ड भौतिक योजना मन्त्रालयमा काम गरेको अनुभव पनि
त्यसबाहेकको थप अध्ययनका लागि उनी नर्वे हानिए नर्वेका प्रतिष्ठित विश्वविद्यालयहरुबाट उनले स्नातकोत्तर तथा पीएचडीको उपाधि हासिल गरे विकास तथा स्रोत अर्थतन्त्रमा उनले फेरि स्नातकोत्तर गरे भने यातायात अर्थतन्त्रमा पिएचडी त्यसपछि उनले नर्वेकै चर्चित विश्वविद्यालयहरुमा पढाउन थाले तर स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता राख्ने भट्टलाई युरोपको भौतिक सुखसयलले रिझाउन सकेन अतः उनी अहिले स्वदेश फर्किएका छन्
धादिङमा जन्मिएर नर्वेबाट उच्च शिक्षा हासिल गरेका ४३ वर्षीय डाक्टर भट्ट एउटा प्रतिनिधि पात्र मात्र हुन् अन्तर्राष्ट्रिय समुदाय माझ लोकप्रियता कमाए पनि आफ्नै मुलुकमा गुमनाम भएका भट्ट जस्ता धेरै पात्रहरु अहिले पनि राज्यलाई केही दिन आतुर छन्

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार