|
![]() |
काठमाडौं, ११ माघ : कतारमा गतवर्ष २०१३ मा १ सय ८५ जना कामदार ज्यान गुमाएका छन् । यो प्रारम्भिक विवरण भएको बेलायती पत्रिका दी गार्डियनले जनाएको छ ।
उक्त संख्या काठमाडौंमा रहेको प्रवासी नेपाली समन्वय समितिमार्फत लिइएको समाचारमा उल्लेख छ ।
सन् २०२२ मा त्यहाँ आयोजना हुन लागेको फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि निर्माण भइरहेका संरचनामा काम गर्ने अधिकांश विदेशी कामदारको जीवन जोखिममा रहेको भन्दै उक्त पत्रिकाले समाचार प्रकाशित गर्दै आएको छ ।
गत सेप्टेम्बरमा प्रकाशित समाचारपछि फुटबलको अन्तराष्ट्रिय संगठन फिफाले विदेशी कामदारको सुरक्षामा परिवर्तन गर्न भन्दै नभए आखाँ चिम्लेर नबस्ने चेतावनी दिएको थियो ।
तर गार्डियनले एक वर्षमा एक सय ८३ जना नेपालीको मात्र ज्यान जानुले फिफाले भनेको जस्तै अर्थपूर्ण परिवर्तन अझै हुन नसकेको उल्लेख गरेको छ । कतारमा रहेका २० लाख विदेशी कामदार मध्ये ४ लाख नेपाली रहेको कतार स्थित नेपाली दुतावासलाई उद्धृत गर्दै दोहा न्यूजले जनाएको छ ।
कतारमा काम गर्ने प्राय नेपाली निर्माण उद्योगमा छन् । उनीहरुको आम्दानी पनि कम हुने भने जोखिम अत्याधिक रहने गरेको छ । कतारमा काम गर्ने न्यून आम्दानी भएका कामदार मध्ये नेपालीको संख्या ३९ प्रतिशत रहेको दोहा न्यूजले जनाएको छ ।
व्यापक कठिनाइका बाबजूद नेपालीहरु कतार जान्छन् । त्यहाँ उच्च भवन तथा जोखिमपूर्ण क्षेत्रमा उनीहरुले काम गर्छन । समाचारमा जनाएअनुसार गत वर्ष मृत्युभएका मध्ये केही २० देखि २९ वर्ष उमेरका छन् । उनीहरु प्रायःले मुटुको समस्याका कारण ज्यान गुमाए ।
कतार स्थित नेपाली दूतावासका सचिव हरिहरकान्त पौडेलले उच्च तापक्रममा काम गर्नुपर्ने, बिना पानी, बिना खाना काम गर्नुपर्ने बाध्यताका कारण नेपालीहरु मृत्युको शिकार बन्ने गरेको बताए ।
कतारमा कामदारको मृत्यु उच्च हुनुको अर्को कारण कार्यस्थलमा हुने दुर्घटना पनि हुन् । ‘प्राय कार्यस्थलमा भएका दुर्घटना माथिल्लो उचाइबाट खसेर अनि उद्योगमा हुने अरु दुर्घटनाबढी छन्’ गल्फ टाइम्सलाई स्थानीय चिकित्सक घालिव अहमद अल–कुबइसीले भने, ‘त्यस्ता दुर्घटनाका घाइतेलाई अर्थोपेडिक विशेषज्ञबाट उपचार चाहिन्छ ।’
विश्वकपका लागि निर्माण भैरहेका रंगशालामा काम गर्ने विदेशी कामदारको सुरक्षाका लागि विशेष चासो दिने फिफाले कतार सरकारलाई भनेको थियो । तर केही मानवअधिकारवादी संघगठनले कतारको कामदार प्रायोजन कानून लगायतमा परिवर्तन नगरेसम्म विदेशी कामदारको सुरक्षा हुन नसक्ने बताउँदै आएका छन् ।
हुमन राइटस् वाच, एम्नेष्टी इन्टरनेसनल र संयुक्त राष्ट्रसंले यसबारे कतार सरकारको ध्यानाकर्षण गराइसकेका छन् । यी संगठनले कामदारलाई रोजगार दाताले बन्देजमा राख्न नहुने तथा अरु काम खोज्न अनुमति दिनुपर्ने माग गर्दै आएका छन् ।
कतारमा नेपाली कामदार अझै जोखिममा
0 comments:
Speak up your mind
Tell us what you're thinking... !