|
![]() |
भिडियो हेर्न बक्समा क्लिक गर्नुहोस
काठमाडौं, आमा बन्नु यस संसारको सबैभन्दा ठुलो सुख हुने गर्दछ । बच्चालाइ जन्म दिएकी एउटी आमाको दुखको अन्दाज गर्न पनि सकिँदैन कि उनी न त आफ्नो बच्चालाइ काखमा लिन सक्दछिन, न त मायाले चुम्न नै सक्दछिन । अचम्मको रोग डेली मेल को एक समाचार अनुसार, ८ बर्षाका यी बच्चा लाइ निकै अचम्मको रोग लागेको छ, जसका कारण कसैले उसलाइ छुँदा बच्चाको त्वचा झर्न थाल्दछ । यसै डरका कारण उक्त बच्चाकी आमा उक्त बच्चाबाट निकै टाढा बस्दछिन । छालाहरू भरिएको छ शरीरभरि उनी न त बच्चालाइ चुम्न सक्दछिन न त काखमा लिन नै सक्दछिन । रायस विलियम्सको पुरा शरिर छालै छालाको पातलो परतले भरिएको छ । यस्तो अबस्थामा उसलाइ कसैले छोयो भने उ पीडाले कराउने गर्दछ । म्यानचेस्टरको यी बच्चालाइ एक दुर्लभ किसिमको रोग लागेको छ । यस रोगको नाम एपिडर्मोन्लीसिस बुलोसा हो। बच्चाको पीडाको अन्दाज तपाइँले यस कुरालेनै लगाउन सक्नुहुन्छ कि उसलाइ नुहाउन मात्र करिब ३ घण्टा लाग्दछ । यस पीडालाइ कम गर्नका लागी उसलाइ मार्फिन दिने गरिएको छ । बच्चा केही खान सक्दैन बच्चाको पीडा यति धेरै रहेको छ कि उ केही कुरा पनि सजिलै खान सक्दैन । उसलाइ खानेकुराहरू तरलको रूपमा एक ट्यूबको माध्यमबाट खुवाइने गरिन्छ । तान्या आफ्नो बच्चालाइ खुसी पार्न केही न केही खास गरिरहेकी हुन्छिन । रायसको उपचार गर्ने डक्टरका अनुसार यो एक दुर्लभ रोग हो र मानिसहरूलाइ यसका बारेमा अहिले जानकारी पनि छैन । बताइए अनुसार यस रोगका कारण अहिले सम्म २ जना मानिसको मात्र मृत्यु भएको छ ।आमाले छुँदैमा खस्दछन छोराका शरिरका अंगहरू !
0 comments:
Speak up your mind
Tell us what you're thinking... !