Headlines News :
Home » » 'दरबार हत्याकाण्डपछि लगातार छिमेकीको हस्तक्षेप'

'दरबार हत्याकाण्डपछि लगातार छिमेकीको हस्तक्षेप'



भिडियो हेर्न बक्मा क्लिक गर्नुहोस!
काठमाडौं, माघ - नेकपा-माओवादीले २०५८ मा दरबार हत्याकाण्डपछि दलका शीर्ष नेतृत्व हच्केका कारण मुलुकको राजनीति 'परनिर्भर' हुँदै गएको निष्कर्ष निकालेको
खासगरी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेता बाबुराम भट्टराईले उक्त घटनापछि तत्कालीन पार्टी लाइन नै फेरेको उसले खुलासा गरेको

'दरबार हत्याकाण्डले नेताहरूलाई नराम्ररी गलायो,' आइतबार बुद्धनगरस्थित पार्टी कार्यालयमा कान्तिपुरसँग माओवादी सचिव देव गुरुङले छिमेकीको हस्तक्षेप पनि उक्त घटनापछि नै बढेको जनाए
पूर्वराजा वीरेन्द्रको हत्यापछि नेताहरू डराएको त्यसपछि बाह्य शक्तिकै इसारामा काम हुन थालेको उनले दाबी गरे तत्कालीन अवस्थामा एकै पार्टीमा हुँदा माओवादीका शीर्ष नेताहरूले बाह्य शक्तिकै इसाराले पार्टी लाइन प्रभावित भएको त्यो अहिलेसम्म पनि कायम रहेको पार्टीको निष्कर्ष रहेको उनले बताए

राष्ट्रवादी शक्ति कमजोर बन्दै गएकाले 'राष्ट्रिय स्वाधीनता'को आन्दोलनलाई मुख्य रूपमा उठाउनुपर्ने बहुमतको दस्तावेजलाई नेताहरूले निष्त्रिm पारेको उनले स्मरण गरे
रोल्पाको फुन्टिवाङ बैठकमै स्वाधीनतालाई मुख्य मुद्दाका रूपमा पार्टीले लैजानुपर्ने भन्ने बहुमतको धारणा कार्यान्वयन नभएको उल्लेख गर्दै भने, 'त्यतिबेलैदेखि प्रचण्ड बाबुरामले स्वाधीनताको मुद्दालाई थाती राखे , लोकतान्त्रिक गणतन्त्रमा मात्र अघि बढे त्यसको पछि पनि दरबार हत्याकाण्डपछिको मनोविज्ञानले काम गरेको '
पार्टीको फेरिएको लाइन, स्वाधीनताको प्रश्न नेताहरूको कार्यशैलीमै प्रश्न उठाएर डेढ वर्षअघि माओवादी विभाजन भएको थियो नेताहरू आत्मकेन्दि्रत व्यक्तिवादी हुने क्रम नरोकिए एमाओवादी फेरि फुट्ने उल्लेख गर्दै भने, 'एमाओवादीभित्र व्यक्तिवादी प्रवृत्ति पद पैसाका लागि जे पनि गर्न थालिएको मैले जे गरें त्यही माक्र्सवाद माओवाद भन्ने प्रवृत्ति झाँगिएको ,' यही समस्याले डेढ वर्षअघि पार्टी विभाजन भएको जनाउँदै गुरुङले भने, 'गलत प्रवृत्ति पुनरावलोकन भएन भने एमाओवादीभित्र पनि प्रचण्ड बाबुराम दुईतिर हुनेछन् '
एमाओवादी अध्यक्ष दाहालले मंसिर को संविधानसभा चुनावपछि माओवादीको कार्यदिशाको राजनीतिक विजय भएको बताएका थिए आफ्नो पार्टीको पराजयपछि दाहालले माओवादी अध्यक्ष मोहन वैद्यलगायत नेताहरूसँग भेटेको प्रसंग राख्दै नेता गुरुङले भने, 'संविधानसभामा भाग नलिएर तपाईंहरूले जित्नुभयो भाग लिएर हामी हार्‍यौं भन्दै उहाँ हामीसँग आउनुभएको थियो अझै पनि सहकार्यका लागि समय बितिसकेको छैन भनेर हामीले जवाफ दियौं '

'दरबार हत्याकाण्डपछि लगातार छिमेकीको हस्तक्षेप'


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार