Headlines News :
Home » » नेपाली डाक्टरलाई विदेशी डाक्टरको सन्देश

नेपाली डाक्टरलाई विदेशी डाक्टरको सन्देश



आचार्य प्रमोद

काठमाडौं | औँलामा गन्न सकिने डाक्टर होलान् नेपालमा, जो दुर्गम गाउँमै पुगेर विरामीको उपचारमा खट्छन् धेरै जसोलाई पश्चिमतिर सरुवा हुने हो कि भन्नेमै चिन्ता हुन्छ भैहालेमा उनीहरुलाई कहिले शहरी क्षेत्र जान पाइएला भन्ने भइरहन्छ सुगमबाट दुर्गममा सरुवा भएकाहरुले सेवा गर्दैनन्, जागिर मात्र खान्छन् भन्ने आरोप लागिरहन्छ


त्यस्तै भएर होला नेपालका दूरदराजमा स्वास्थ्य सेवा पुगेको छैन उपचार नपाएर विरामीहरु मृत्युवरण गर्न बाध्य हुँदा दुर्गम क्षेत्रमा उपचारमा संलग्न हुनुपर्ने डाक्टरहरु कहाँ हुन्छन् पत्तो हुँदैन झन् अहिले राजधानीमा उपचार पाइएला कि भने आएका सर्वसाधारण पनि सेवाबाट बञ्चित छन् कारण, शहरीया चिकित्सकहरुको आन्दोलन
खटाइएका डाक्टर नहुनाले पश्चिम कालीकोटबासी रोग पालेरै बस्न बाध्य छन् नेपालका डाक्टरले जनहितको ख्याल गरेनन्/गर्न जानेनन् /सकेनन्
तर यूनाइटेड किङडम (यूके)देखि नेपाल आएर एउटी डाक्टर अहोरात्र कसरी कालीकोटबासीलाई स्वास्थ्य सेवा पुर्याउने होला भन्नेमा तल्लिन् छिन्
नेपाली डाक्टरलाई नेपाली जनताकै ख्याल चासो छैन किन चासो परेको होला ती यूकेकी डाक्टरलाई ? कतिपयजागिरे’ भगौडा डाक्टर यस्तै सोच्दा हुन्
तर यूकेदेखि आएकी डाक्टर केट यारोको सोच बेग्लै उनी गाइनोलोजिस्ट (स्त्री तथा प्रसुती रोग विशेषज्ञ) हुन् पेशा उनको डाक्टरी रुची समाजसेवा समाजसेवाको एउटा महत्वपूर्ण पाटो डाक्टरी पेशा हो उनको बुझाइमा

डक्टर्स फर नेपाल’ नामक संस्थामार्फत उनी नेपालको दुर्गम जिल्ला कालिकोटमा स्वास्थ्य सेवा दिनमा तल्लिन छिन् स्त्री रोग विशेषज्ञ भएको हुनाले उनको बढी चासो महिलाहरुको स्वास्थ्य समस्यामा हुन्छ जनचेतना फैलाउने काम भैहाल्यो उनले कालिकोटमा परिवार नियोजनको बारेमा धेरैजसो महिलाहरुलाई थाहै नभएको पाइन् अनि सञ्चालन गरिन् एउटा शिविर कार्यक्रम धेरै महिलाहरुले बुझे यसको महत्व
त्यसबाहेक उनले त्यहाँका जनताको स्वास्थ्य स्थिति सुधार्न दर्जनौँ पटक कार्यक्रम गरेकी छिन् यस्तो लाग्दो रहेछ कालीकोटबासीलाई, ‘नेपालकै भनेर के गर्नु मतलब गर्दैनन्, यिनी(केट) कहाँ हो कहाँबाट आएर सेवा गरिन् ।’
केटले नेपाल आउँदा नआउँदै बुझेकी रहिछन्, यहाँका डाक्टर ग्रामिण भूभागतिर जाँदैनन् भन्ने त्यसैले भनिन्, ‘वी सिइङ दि डक्टर्स लेस लाइक टू गो टू रुरल एरियाज हियर ।’
केट विदेशबाट आउनेले मात्र नभएर नेपालकै डाक्टरहरुले दुर्गम भूभागमा पुगेर सेवा दिन हिच्किचाउन नहुने बताउँछिन्
उनी भन्छिन्हामी अन्यत्रकै परेउँ, सँधै बस्दैनौँ यहीँ(नेपाल)का डाक्टरहरुले सोच्नुपर्छ ।’
भएका घटाइएका डाक्टरले तोकिएको ठाउँमा सेवा दिन कुनै कसर बाँकी राख्न नहुने केटको बुझाई स्वास्थ्य क्षेत्रको संवेदनशिलता नबुझेका वा बुझेर पनि पचाएका भगौडा जागिरे डाक्टरलाई उनको सुझाव हो यो
केटले अब ग्रामिण क्षेत्रमा राम्रो स्वास्थ्य सेवा पुर्याउन स्थानीयबासीलाई नै अग्रसर गराए सहज हुने देख्छिन् त्यसैले कालीकोट जस्ता जिल्लाका चिकित्सा पढ्न रुची भएकालाई उनले छात्रवृत्ति पनि उपलब्ध गराउँदै आएकी छिन्
डक्टर्स फर नेपालको छात्रवृत्तिमा एक जनाले पाटनस्थित पाटन एकेडेमी मेडिकल साइन्सेसबाट चिकित्सा पढे चिकित्सा पढेका ललित कालिकोटको स्वास्थ्य सेवामा सक्रिय छन् अहिले पाटनमा मीना नकुल नाम गरेका दुई जना चिकित्सा अध्ययन गर्दैछन्
यसरी चिकित्सा पढ्नको लागि छात्रवृत्ति पाउने दुर्गम भेगकै हुनुपर्छ जहाँ समस्या , त्यहीँका रुची भएका तिक्ष्ण क्षमता भएकाहरुले छात्रवृत्ति पाउँछन्’ केट भन्छिन्, ‘पछि उनीहरुलाई सोही ठाउँमा फर्किएर स्वास्थ्य सेवा पुर्याउनको लागि वाचा या सहमति गराइन्छ ।’
उनले अगाडि थपिन्, ‘भौगोलिक सेवासुविधाको दृष्टिले पछाडि परेका ठाउँमा पनि क्षमतावान् मानिसहरु छन् तर उनीहरुले अवसर नै पाएका छैनन् त्यस्ता व्यक्तिलाई अवसर दिने अनि सोही ठाउँमा स्वास्थ्य पहुँच पुर्याउने मेरो संस्थाको योजना हो ।’
नेपाल आउँदा वित्तिकै केट आफूलाई नेपालीले गरेको सत्कार देखेर छक्क परिन् झन् कालीकोटबासीले देखाएको सद्भाव उनको मनमा बिझेको हप्तौँ हिँडेर जिल्ला अस्पताल जानुपर्ने बाध्यता कालिकोटमा कुनाकन्दरामा’ केटले देखेको भोगेको कालीकोटको दृश्य सम्झाइन्, ‘बृद्धबृद्धा, बालबालिका, अशक्त कसरी अस्पतालसम्म पुग्ने ?’
पुगे पनि डाक्टर होलान् नहोलान् औषधी होला नहोला उपचार पाइएला नपाइएला ग्यारेन्टी केहीको छैन कालीकोटमा कालीकोटबासीको जीवन जस्तै
डक्टर्स फर नेपालले आर्थिक अवस्था कमजोर भएका विकट क्षेत्रमा केहीलाई छात्रवृत्ति दिन्छ यसैको लागि मात्र अहिलेसम्म ३०००० पाउण्ड अर्थात् ४८ लाख ६० हजार खर्चिएको केट बताउँछिन्
कहिलेकाहीँ भाषा संस्कृति नबुझ्दा उनलाई अप्ठेरो महसुस हुन्छ तर नेपालीको निश्छल मायाले आफू पनि कालीकोटबासी भएझैँ आभाष हुन्छ उनलाई सँधै यहीँ रमाउने मन , दीनदुःखीको सहयोग गरेर’ केटले रहस्य खोलिन्, ‘ सँधै यहीँ रहन नपाउने भएकोले यहीँका बासिन्दालाई जनहितमा लाग्ने वाचा गराएर पढाउन सहयोग गरेकी हुँ ।’
छात्रवृत्तिमा पढ्नेहरुले आफ्नो पढाइ सकेपछि गाउँ फर्किएर स्वास्थ्य सेवामा लाग्नुपर्छ यो बाध्यता भन्दा पनि पढ्नुपूर्वकै मञ्जुरी हो तर खै कतिले वाचा सम्झेलान् !?
नेपाली डाक्टरलाई विदेशी डाक्टरको सन्देश

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार