Headlines News :
Home » » कोरियामा एक नेपाली कामदार मृत भेटिए

कोरियामा एक नेपाली कामदार मृत भेटिए



सउल रोजगार अनुमति प्रणालीबाट चार वर्षअघि दक्षिण कोरियामा आएका एक नेपाली मृत भेटिएका छन् डडेलढुरा भोगेश्वर का ३५ वर्षीय मनोजकुमार पाण्डे गएराती आफू सुत्नेओछ्यानमै मृत भेटिएका हुन्


पाण्डे कोरियाको एक सहर उईजंबु नजिकै पोछनको जिन्स पाइन्ट कम्पनीमा कार्यरत थिए सोमबार बिहान काममा नआएपछि उनको खोजी गरिएको थियो सात जान नेपाली कार्यरत रहेको उक्त कम्पनीमा सबै बेग्ला बेग्लै कोठामा सुत्ने गरेका थिए उनी सुत्ने कोठामा गएर बोलाउँदा ढोका नखोलेपछि नेपाली कोरियनको सहयोगमा झ्याल फोरी भित्र पस्दा उनी मृत भेटिएको सोही कम्पनीमा कार्यरत पवर्तका नारायण सुबेदीले बताए

पाण्डेको शवलार्इ पोस्टमार्टमका लागि सब उहिजम्बुको हस्पिटलमा राखिएको पाण्डेको निधनवारे नेपालमा रहेका परिवारलाई जानकारी दिइसकिएको श्रमसहचारी अनिल गुरुङले जानकारी दिनुभयो आवश्यक अनुसन्धान प्रक्रियापछि शवलाई नेपाल पठाइने गुरुङले बताउनु भयो पाण्डेका श्रीमती , नाबालक छोरा छोरी छन्

- कोरियामा एक नेपाली कामदार मृत भेटिए

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार