|
|
|
|
३ मंसिर, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले भोलि मंगलबार हुने संविधानसभा निर्वाचनमा भाग लिई मतदान गर्न देशवासीलाई आहृवान गर्नु भएको छ । निर्वाचनको अघिल्लो दिन देशवासीका नाममा सन्देशमा राष्ट्रपतिले आफ्नो संविधान आफैं निर्माण गर्ने नेपाली जनताको लामो सपनालाई साकार तुल्याउन संविधानसभाभन्दा राम्रो विकल्प नभएको बताउनु भएको छ । राष्ट्रपतिले निर्वाचनमा भाग लिने नलिने अधिकार सबैलाई भएपनि सहभागी हुने, उम्मेदवार बन्ने या मतदान गर्ने नागरिकको अधिकारको सम्मान गर्नु पर्न आहृवान गर्नु भएको छ । ‘कुनै पनि निर्वाचनमा सहभागी हुने अथवा नहुने लोकतान्त्रिक अधिकार सबै नागरिकलाई प्राप्त हुन्छ’ सन्देशमा भनिएको छ-’तर, निर्वाचनमा सहभागी हुने, उम्मेदवार बन्ने या मतदान गर्ने नागरिक अधिकारको सम्मान सबैले गर्नुपर्छ । लोकतन्त्रको मान्यता पनि यही नै हो ।’ डर, त्रास र हिंसाको राजनीतिले कहिल्यै र कहिँ पनि दिने समाधान हुँदैन भन्ने प्रत्यक्ष अनुभव हामी आफैले गरिसकेको भन्दै राष्ट्रपतिले भन्नु भएको छ-’आफ्ना सानातिना विमतिहरुलाई थाती राख्दै जनताको अभिमत प्राप्त गरी जनताहना र राष्ट्रिय आवश्यकता अनुरुपको संधिान निमार्ण गर्ने यो सुअवसरलाई सबै राजनीतिक दल, उम्मेदवार र मतदाता लगायत सम्पूर्ण नेपाली नागरिकहरुले सदुपयोग गर्नु हेनेछ भन्ने विश्वास लिएको छु ।’ राष्ट्रपतिको सन्देशमा भनिएको छ-निर्भिकता र उत्साहपूर्वक आफ्नो मताधिकार प्रयोग गरी संविधानसभा निर्वाचनको राष्ट्रिय संकल्पलाई सफल र सरकार तुल्याउन हार्दिक आहृवान गर्दछु ।’ -


0 comments:
Speak up your mind
Tell us what you're thinking... !