|
|
|
|
३ मंसिर, काठमाडौं । यूएईमा जारी ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार अपराह्न पौने ४ बजे दुबईस्थित सेन्ट्रल एकेडेमीको मैदानमा हुनेछ । लगातार दुई खेल जितेको नेपालस्कटल्यान्डलाई पराजित गर्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउने दाउमा छ । नेपाल र स्कटल्यान्ड पहिलो पटक आमने सामने हुन लागेको हो । वन डे मान्यता पाएको स्कटल्याण्डले निरन्तर ठूला प्रतियोगिता खेल्दै आएको छ । यही प्रतियोगितालाई आधार मान्दै स्कटल्याण्डले २००७ र २००९ मा विश्वकप खेलिसकेको छ । प्रतियोगिता सुरु हुनु अघि महत्वपूर्ण खेलाडी मोमसेन घाइते भएकाले पनि स्कटल्याण्डले सम्हालिएको प्रदर्शन गर्न सकेको छैन । उपकप्तान मोमसेनको अनुपस्थितिमा विकेटकिपर क्रेग वालेसलाई टोलीमा राखिएको छ । नेपालले आफ्नो पहिलो खेलमा डेनमार्कलाई ५ विकेट तथा दोस्रो खेलमा केन्यालाई ६ विकेटले पराजित गरेको थियो । स्कटल्यान्डले भने दुबै खेल गुमाएको थियो । - नेपाल स्कटल्यान्डसँग भिड्दै


0 comments:
Speak up your mind
Tell us what you're thinking... !