|
|
|
|
दैलेख- नेकपा-माओवादीको कार्यकर्ताले लकान्त्रास्थित हुइका मतदान केन्द्र कब्जा गरेका छन्। ५०-६० जनाको समूहमा आएका कार्यकर्ताले केन्द्रका कर्मचारी र प्रहरीलाई लखेटेको मतदान अधिकृत चित्रप्रसाद भट्टराईले टेलिफोनमा बताए। उनका अनुसार माओवादीका कार्यकर्ताले मतदान केन्द्रमा तोडफोडसमेत गरेका छन्। खटिएका दुई प्रहरी र दुई म्यादी प्रहरी सम्पर्कमा नरहेको उनले बताए।
केन्द्र कब्जामा लिएर कर्मचारी लखेटेको जानकारी पाएपछि थातिकाँधबाट थप प्रहरी घटनास्थल पुगेका छन्। घटनास्थलमा पुगेका प्रहरीले दुई राउन्ड हवाइ फायर गरेका छन्।
मतदान अधिकृत भट्टराईका अनुसार केन्द्रमा उनीसहित सात कर्मचारी खटिएका थिए।
माओवादीद्वारा मतदान केन्द्र कब्जा, प्रहरीद्वारा दुई राउन्ड हवाइ फायर -


0 comments:
Speak up your mind
Tell us what you're thinking... !