|
|
|
|
सबैलाई थाहा छ नायक आर्यन सिग्देल बलिउड नायक सलमान खानका फ्यान हुन् । सलमानकै जस्तै गेटअप र उनको हरेक क्रियाकलापको सिको गर्छन् आर्यन । छविराज ओझाले बनाएको चलचित्र ‘लोफर’मा आर्यनले सलमान स्टाइलको द्वन्द्व पनि गरेका छन् । निर्माता छवि ओझाले आर्यनको चाहना अनुसार नै सलमानको ‘दबंग’ स्टाइलको द्वन्द्व राखेको स्विकार गरेका थिए । आर्यन जस्तै नायिका रेखा थापा पनि पछिल्लो समय सलमानको सिको गर्न थालेकी छिन् । उसो त रेखाले आफूलाई सलमानको फ्यान भनेर आर्यनको जसरी नै बताएकी छैनन् । तर पछिल्ला चलचित्रमा रेखाको भूमिका सलमान खानको जस्तो देखिन थालेको छ । चलचित्र ‘लंका’मा प्रहरीको भूमिकामा देखिएकी रेखाले यसलाई नै ‘काली’मा निरन्तरता दिइन् । ‘काली’लाई त सलमानको चलचित्र ‘गर्व’बाट हुबहु कपी गरिएको चर्चा पनि चल्यो । रेखाले सिनेमामा सलमान स्टाइलकै द्वन्द्व गरिन् , त्यस्तै खालका संवाद बोलिन् । रेखालाई पछिल्लो समय प्रहरी पहिरनमा चलचित्रमा देखिन रहर जाग्दै गएको छ । जसरी सलमान खानले निरन्तर रुपमा आफूलाई चलचित्रमा प्रहरीको भूमिकामा देखाउँदै आएका छन् । हाल छायांकन भइरहेको चलचित्र ‘दमदार’मा पनि रेखा थापा प्रहरीकै भूमिकामा छिन् । चलचित्रमा बर्दीबाट बिहिन भएपछि एक प्रहरीले समाजका लागि निर्वाहा गर्ने भूमिकामा देखिन लागेको रेखाको तर्क छ । रेखाले चलचित्रमा खुलेरै द्वन्द्व गरेकी छिन् । बलिउडमा चुलबुल पाण्डेको नामले परिचित सलमानलाई आर्यन पछि उनकै दुश्मन भनिएकी रेखाले पछ्याउन थालेको देखिन्छ । -


0 comments:
Speak up your mind
Tell us what you're thinking... !