|
|
|
|
२० कात्तिक, काठमाण्डौ । गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति (एनआरएनए)का पूर्व उपाध्यक्ष रामेश्वर शाह नेपाली काँग्रेसमा प्रवेश गर्नु भएको छ । काँग्रेस सभापति सुशील कोइरालाले आफ्नै निवास महाराजगञ्जमा बुधवार विहान एक कार्यक्रमको आयोजना गरी शाहलाई अविर र माला लगाएर पार्टी प्रवेश गर्नु भएको हो । पार्टी प्रवेश पछि पत्रकारहरुसंग कुराकानी गर्दै एनआरएनका पूर्व उपाध्यक्ष शाहले आफू बीपीको विचारवाट प्रभावित भएर काँग्रेसलाई नै रोजेको वताउनुभयो । उहाँले भन्नुभयो,’बीपीको समाजवादको सिद्धान्तवाट प्रभावित भए । काँग्रेसजस्तो लोकतान्त्रिक पार्टी अरुलाई देखिन । त्यसैले काँग्रेसमै रहेर केही योगदान पुर्याउन चाहान्छु ।’ शाहले आफू पहिलेदेखि नै लोकतान्त्रवादी भएकाले पनि काँग्रेस आफ्नो रोजनाईमा परेको स्पष्ट पार्नु भयो । शाहले गएको महिना काठमाण्डौमा भएको एनआरएनको महाधिवेशनवाट आफूले कुनै पार्टीसंग आबद्ध हुनु पर्ने भन्ने गतिलो पाठ सकिएको वताउनुभयो । उहाँले भन्नुभयो,’एनआरएनको महाधिवेशनले अध्यक्ष हुन कुनै पार्टीमा लाग्नु पर्ने भन्ने कुरा सिकाएको छ । त्यसलाई आत्मसाथ गर्दै काँग्रेस नै उत्तम मानेको हुँ, प्रवेश गर्नुको कारण पनि यही हो ।’ काठमाण्डौमा सम्पन्न एनआरएनका अध्यक्षका प्रत्यासी रहनु भएका शाहले अन्तिम समयमा आएर शेष घलेलाई समर्थन गर्नु भएको थियो । शाहले आफ्नो जीवनको विद्यार्थी कालमा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघसँगै आवद्ध रहेपनि व्यवसायिक जीवनकाक्रममा लामो समय पार्टीसँग विछोडिन पुगेको स्मरण गर्नु भयो । स्थापनाकालदेखि नै राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि निरन्तर संघर्षरत कांग्रेस नेपालमा देखिएका सबै समस्याहरुको दिगो निकास दिनसक्ने एकमात्र प्रजातान्त्रिक शक्तिकारुपमा रहेको शाहले उल्लेख गर्नु भयो । विदेशमा रहेर पसिनाको एक एकबुँद संगालेर देशमा पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्रधानिएको भन्दै देशलाई दिगो विकासको बाटोमा डोहोर्याउने एउटा सवल र सक्षम पार्टीका रुपमा समेत कांग्रेसलाई लिनुपर्ने प्रष्ट देखिएको शाहले वताउनुभयो । शाहले नेपाल, भारत, यमन, मलेशिया, सिङ्गापुर लगायत युएईमा रहेको बहुराष्ट्रिय कम्पनीमा खाडी तथा संबद्धक्षेत्रको क्षेत्रिय निर्देशकको कार्यभार निभाइसक्नु भएको छ । प्रमुखकार्यकारी एनआरएन इन्भेष्टमेन्ट कम्पनीको प्रवर्धक तथा निर्देशक भएर काम गरिसक्नु भएको छ ।
युरोप तथा खाडीका मुलुकहरुमा व्यबसाय संचालन गर्दै आउनु भएका शाहको नेपालमा सेक्युरिटी सर्भिसमा लगानी रहेको छ । कार्यक्रममा कलाकार निर शाह पनि काँग्रेसमा औपचारिकरुपमा प्रवेश गर्नु भएको छ । कलाकार निर शाह काँग्रेस प्रवेश गर्नु अघि नै महामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापा उम्मेदवार रहेको काठमाण्डौ क्षेत्र नम्बर १ र ४ मा चुनावी घरदैलो अभियानमै सहभागी हुनु भएको थियो । उक्त घरदैलो कार्यक्रममा निर शाहले आफू जिवन्त प्रयन्त नै काँग्रेस भएको बताएपनि बुधवारमात्रै पार्टी सभापति कोइरालावाट पार्टीको सदस्यता पाउनु भएको हो । -


0 comments:
Speak up your mind
Tell us what you're thinking... !