Headlines News :
Home » » यौन पेशा गर्न पाउने छुट दिलाउनेलाई भोट

यौन पेशा गर्न पाउने छुट दिलाउनेलाई भोट



टीकापुर , कार्तिक २९ - कैलालीको दोदोधरा गाविस मुढाको राजमार्ग छेउमा रहेका बादी बस्तीका यौन व्यवसायमा संलग्न महिलाले यौन पेशा गर्न पाउने छुट दिलाउने पार्टी उम्मेदवारलाई भोट दिने बताएका छन् सरकारले केही बादी महिलाले गर्दै आएको यौन व्यवसाय निषेध गरेपछि उनीहरुको जीविकाको बैकल्पिक व्यवस्था नहुँदा खान लाउन समस्या परेकोले पेशा खुलाउनेलाई मत दिने बताएका हुन्


यौन व्यवसाय गरी जीवनयापन गर्दै आएका महिलाका लागि गास बास कपासको व्यवस्था गर्ने भनिएपनि लामो समय बितिसक्दा पनि त्यो नभएपछि पेशा खुलाउनुपर्ने माग आफूहरुको रहेको सोनी बादीले बताइन् उनका अनुसार यौन पेशामा संलग्न अधिकांश दिदीबहिनी पेट पाल्नका लागि भारतमा गइ यौन व्यवसाय गर्नुपर्ने बाध्यता रहेको स्थानीय स्तरमा निगरानी समुह बनाइ बादी महिलाले गर्दै आएको यौन पेशा बन्द गराइएपछि उनीहरु भारतका विभिन्न शहरमा जाने गरेका छन्
स्थानीय दिलबहादुर बुचामगरको संयोजकत्वमा निगरानी समुह बनाइ बादी समुदायका केही महिलाले गर्दै आएको यौन व्यवसाय रोक्ने प्रयास गरिएको यौन व्यवसाय रोक्नकै लागि बादी बस्तीमा प्रहरी बिट पनि बनाइएको
यौन पेशा बन्द गर्न अभियान संचालन भएपछि बादी समुदायको हकहितका लागि कार्यरत सामुदायिक सहयोग समिति कैलालीले मुढाका १४ जना बादी महिलालाई अन्य व्यवसाय संचालनका लागि हजारका दरले रकम पनि दिएको थियो तर त्यो रकम अपर्याप्त भएका कारण अन्य व्यवसाय गर्न नसकिएको रुक्मिणी बादीले बताइन् ' हजार पाएर बाख्रापालन, बंगुपालन तथा खुद्रापसल लगायतका व्यवसाय संचालन गर्ने प्रयास गरेपनि हुन सफल हुन सकेनौ साझविहानको छाक टार्न समस्या भयो,' उनले भनिन्
यौन व्यवसायमा लागेका बादी महिलाको पुनस्थापनाका लागि सरकारी पक्षबाट कुनै कार्यक्रम नआएकोले कतिपय उनीहरु जीविकोपार्जनका लागि भारततिर गएका पनि रुक्मिणिले बताइन्
यौन पेशाका कारण ९४ प्रतिशत निर्दोष बादीलाई समेत यौन पेशा गर्ने जातीका रुपमा हेर्ने गरेको सामुदायीक सेवा समितिकि अध्यक्ष उमादेवी बादीले भनिन 'वादी समुदायको आत्मसम्मान रक्षा गर्न आफुहरु यौन पेशा निर्मुल गर्ने अभियानमा जुटेको' उनले बताइन
यौन पेशा गर्न पाउने छुट दिलाउनेलाई मत

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार