Headlines News :
Home » » कृतिमानको उचाई छोडेर बिदाई सचिन:

कृतिमानको उचाई छोडेर बिदाई सचिन:



नयाँ दिल्ली– सचिन तेन्दुलकर विदा भएपछि भारतले आफ्नो क्रिकेट इतिहासका सबैभन्दा महान् खेलाडीलाई सधैंका लागि मैदानबाट गुमाउने छ। तर, 'लिटिल मास्टर' ले आफू विदा भए पनि विश्व क्रिकेटलाई कीर्तिमानका थुप्रै चाङ छोडेर जानेछन्। ४० वर्षे तेन्दुलकरले एकदिवसीय टेस्ट दुवै स्वरुपमा विश्वका अरु सबै खेलाडीभन्दा बढी म्याच खेलेका छन्। उनको नाममा सर्वाधिक रन शतकको पनि कीर्तिमान छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा सय शतक पूरा गर्ने उनी एकमात्र ब्याट्सम्यान हुन्। २४ वर्षसम्म लगातार उच्च फर्ममा रहेर अन्तर्राष्ट्रिय क्रिकेट खेलेका सचिनको करियर बिहीबार सुरु हुने उनको व्यक्तिगत सय टेस्ट सँगै सकिनेछ। तर, उनले भावी पुस्तालाई भंग गर्न समेत कठिन हुने केही कीर्तिमानका स्मरण भने क्रिकेटप्रेमीलाई छोडेर जानेछन्।'कुनै पनि कीर्तिमान सधैंका लागि टिकिरहन सक्दैन। तर, सचिनका सय टेस्ट खेल्ने सय अन्तर्राष्ट्रिय शतक बनाउनेजस्ता कीर्तिमान तोड्नु सहज पक्कै हुने छैन,' भारतीय टोलीका पूर्वकप्तान कपिल देवले भने, 'तेन्दुलकरले ब्याट थन्क्याएसँगै भारतले मात्र नभई सम्पूर्ण विश्व क्रिकेटले नै एउटा सर्वकालीन महान् खेलाडीलाई गुमाउने छ।'टेस्टमा सचिनले सर्वाधिक १५ हजार सय ४७ रन बनाएका छन्। दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङको नाममा १३ हजार सय ७८ रन छ। पोन्टिङले यसअघि नै संन्यास लिइसकेका छन्। सचिन हाल खेलिरहेका मध्ये सबैभन्दा अघि रहेका दक्षिण अफ्रिकाका ज्याक कालिसभन्दा पनि हजार सय रनले अघि छन्। एकदिवसीयमा सचिनको प्रदर्शन थप प्रभावशाली छ। सर्वाधिक १८ हजार सय २६ रन बनाएका उनले दोस्रो स्थानका पोन्टिङलाई हजार सय २२ रनले पछि छोडेका छन्। हाल खेलिरहेका मध्ये बढी रन श्रीलंकाका कुमार सांगाकाराको खातामा छ। सांगाकाराले ११ हजार सय ४८ रन बनाएका छन्। पोन्टिङले एकदिवसीयमा ३० शतक बनाएका छन् भने सचिनले ४९ शतक पूरा गरेका छन्। कालिसले भने सात शतक मात्र बनाउन सकेका छन्। टेस्टमा सचिनले ५१ शतक बनाएका छन्। विश्व क्रिकेट इतिहासका सबैभन्दा महान ब्याट्सम्यान मानिने अस्ट्रेलियाका डोनाल्ड ब्रेडम्यानले सन् १९४८ मा ३९ वर्षको उमेरमा संन्यास लिँदा टेस्टमा हजार सय ९६ रन बनाएका थिए। ५२ खेल खेलेका उनले त्यसक्रममा २९ शतक प्रहार गरेका थिए। ब्रेडम्यानको टेस्टमा ९९.९४ को उत्कृष्ट औसत भए पनि वेस्ट इन्डिजका अर्का महान् खेलाडी ब्रायन लाराले तेन्दुलकर नै इतिहासका सर्वोत्कृष्ट खेलाडी भएको बताएका छन्। तेन्दुलकरका कीर्तिमान अरु कसैसँग तुलना नहुने उनको विचार छ। 'सचिनको विषयमा कुनै विवाद छैन। मेरा विचारमा सचिन तेन्दुलकर क्रिकेट इतिहासले अहिलेसम्म पाएकामध्ये उत्कृष्ट खेलाडी हुन्,' यसै साता लाराले लन्डनमा भनेका थिए, 'उनको कीर्तिमानले धेरै कुरा आफै बोल्छन्। १६ वर्षमै विश्वलाई हल्लाउने गरी अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेर ४०/४१ वर्षको उमेरसम्म त्यही स्तरमा टिकिरहनु सानो उपलब्धि होइन। जो कोहीले यस्तो उपलब्धि हासिल गर्न सक्दैन।'हाल खेलिरहेका मध्ये सचिनको टेस्ट कीर्तिमान भेट्टाउन सक्ने सम्भावना बोकेका मध्ये अलराउन्डर कालिस इङ्ल्यान्डका कप्तान एलिस्टर कुकमात्र हुन्। ३८ वर्षे कालिसले सय ६४ टेस्टमा ५५.४४ को औसतमा १३ हजार सय ४० रन बनाएका छन्। २८ वर्षे कुकले ९७ टेस्टमा ४७.८५ को औसतमा २५ शतकका साथ हजार सय रन बनाइसकेका छन्। तर, कपिल देवको विचारमा पछिल्लो समय लोकप्रिय हुँदै गएका एकदिवसीय ट्वान्टी–२० का स्वरुप तथा वर्तमान आधुनिक क्रिकेटमा आवश्यक पर्ने उच्च फिटनेसका कारण सचिनका कीर्तिमान तोड्नु थप कठिन बनेका छन्। 'सचिनका जस्ता उपलब्धि तयार पार्न एउटा खेलाडीले लगातार २५ वर्ष उच्च फिटनेसका साथ खेल्न सक्नुपर्छ। तर, मेरो विचारमा आधुनिक दिनमा यस्तो सम्भव छैन। अझ पछिल्ला समयमा टेस्ट खेलका संख्या पनि अत्यन्तै न्युन हुन थालेका छन्,' उनले भने। सचिनले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा भने एक खेलमात्र खेलेका छन्। अन्तर्राष्ट्रिय ट्वान्टी–२० मा युवालाई मौका दिन उनले आफै मैदान नउत्रिए पनि घरेलु प्रतिस्पर्धामा भने गत महिनासम्म सक्रिय थिए। गत महिना मुम्बई इन्डियन्सले घरेलु ट्वान्टी–२० कप जित्दा उनको भूमिका महत्त्वपूर्ण थियो।ट्वान्टी–२० को उच्च व्यावसायीकरणले ठूलो पारिश्रमिक मिल्दा खेलाडीहरूमा देशका लागि खेल्ने भावना खुम्चिन थालेको छ। बिहीबार सुरु हुने सचिनको विदाइ टेस्टमा विपक्षीको ब्याटिङ ओपन गर्ने अपेक्षित वेस्ट इन्डिजका स्टार ब्याट्सम्यान क्रिस गेलले आफ्नो देशका थुप्रै भ्रमण ट्वान्टी–२० को व्यावसायिकताका कारण गुमाइसकेका छन्। भारतका पूर्वओपनर सुनील गावस्करले युवा स्टार विराट कोहलीलाई सचिनका उपलब्धि हासिल गर्ने एक सम्भाव्य खेलाडीका रूपमा हेरेका छन्। गावस्करको विचारमा उनले तेन्दुलकरका ४९ एकदिवसीय शतकको कीर्तिमान भंग गर्ने सम्भावना रहे पनि टेस्टमा भने सम्भावना छैन। २५ वर्षे कोहलीले सय १३ एकदिवसिय अन्तर्राष्ट्रियमा १७ शतकका साथ हजार सय १९ रन बनाएका छन्। उनको उमेरमा सचिनले शतकका साथ हजार रनमात्र बनाएका थिए। ' सय टेस्ट म्याच खेल्नु ५१ शतक बनाउनु करिब असम्भवजस्तै हुन्छ। तर, विराटले जसरी खेलिरहेका छन्, त्यसले ४९ एकदिवसीय शतकको कीर्तिमान भने भंग गर्ने सम्भावना देखाउँछ,' गावस्करले भने, 'उनी सचिनको कीर्तिमानभन्दा ३२ शतकले पछि रहे पनि पछिल्लो समयमा भारतले खेलेका एकदिवसीय खेलको संख्याका कारण पनि यो सम्भव छ।'सचिनले यति लामो समयसम्म लगातार कसरी उच्च फर्ममा खेल्न सके होलान्? श्रीलंकाका कीर्तिमानी बलर मुथैया मुरलिधरनले टाइम्स अफ इन्डियामा लेखेका छन्, 'उत्कृष्ट खेल प्रविधि, त्यत्तिकै धैर्य मानसिक बलका कारण यो सम्भव भएको हो। उनी साँच्चै क्रिकेट खेल्नकै लागि जन्मेका हुन्। सचिनबारे जति प्रशंसा गरे पनि पुग्दैन यो उनका तथ्यांकले नै प्रमाणित गर्छन्। उनले घरेलु मैदानका साथै विदेशमा पनि एकरुपको उच्च प्रदर्शन गरेका छन्। तीब्र गति स्पिन दुवै बलमा उनले सधंै आरामदायी पारामा खेले। मन्द गतिको पिच बाउन्सी पिच कुनैले पनि उनलाई चुनौती दिन सकेन।'सचिनसँग खेल्नुका साथै भारतले २०११ को विश्वकप जित्दा उनलाई प्रशिक्षित गरेका दक्षिण अफ्रिकाका पूर्वओपनर ग्यारी क्रिस्टेनले हरेक खेलअघि सचिनले गर्ने असीमित अभ्यास सफलताको कारण भएको बताए। 'उनी सधंै उच्च प्रदर्शनका लागि लालायित रहन्थे। सधैं धेरै रन बनाउने उद्देश्यमा उनले अभ्यासमा कहिल्यै सम्झौता गरेनन्,' क्रिस्टेनले भने, 'क्रिजमा सचिनलाई खेलिरहेको देख्दा मैले सधंै क्रिकेटका लागि ठूलो सन्तुष्टि पाउने गरेको छु। मैले खेलसँग सचिन जति इन्जोय गर्ने अर्को खेलाडी अहिलेसम्म देखेको पनि छैन।' -

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार