Headlines News :
Home » » दाङमा बस दुर्घटना, दर्जन यात्रु घाइते

दाङमा बस दुर्घटना, दर्जन यात्रु घाइते



दाङ- दाङमा बिहीबार बेलुका बस दुर्घटना हुँदा एक दर्जन यात्रु घाइते भएका छन्। बाँकेकेा नेपालगन्जबाट घोराही आउँदै गरेको ना४ख ९५६६ नम्वरको बस बिहीबार बेलुका घोराही लमही सडक खण्डको कुइरेपानी भन्ने स्थानमा पल्टीएको हो।
दुर्घटनामा परी १२ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भिर छ। गम्भिर घाइते नेपालगन्ज धम्वोझीका २५ वर्षीय शालिकराम रावतलाई घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगन्ज रेफर गरीएको छ।
अन्य ११ घाइतेको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। बस तिव्र गतिका कारण पल्टिएको प्रहरीको भनाइ छ। -

दाङमा बस दुर्घटना, दर्जन यात्रु घाइते


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार