|
|
|
|
यसपालिको चुनावमा काठमाडौं ४ बाट कांग्रेसका गगन थापा, एमाओवादीका नन्दकिशोर पुन (पासाङ) र एमालेका निर्मल कुइँकेलवीच तीव्र प्रतिस्पर्धा हुँदैछ । गगन थापा कांग्रेसका चर्चित युवा नेता हुनुहुन्छ भने पासाङ एमाओवादीका पूर्वलडाकू कमान्डरसमेत भएकाले काठमाडौं ४ को चुनावी नतिजा कांग्रेस र एमाओवादी दुबैका लागि महत्वपूर्ण प्रतिष्ठाको विषय मानिएको छ । त्यस्तै नेकपा एमालेका उम्मेद्वार निर्मल कुइँकेल कपन क्षेत्रका जमेका स्थानीयवासी भएकाले गगन र पासाङ दुबैका लागि चुनौतीको पहाड बन्नु पुग्नुभएको छ । कांग्रेस र एमाओवादी वीचको प्रतिश्पर्धाको वीचबाट फुत्त चुनाव जितेर निस्कने दाऊमा एमाले उम्मेद्वार रहेका छन् ।
काठमाडौं ४ बाट ०६४ सालमा प्रत्यक्ष निर्वाचन जित्ने कांग्रेस नेतृ सुप्रभा घिमिरेले गगनविरुद्ध बागी उम्मेदवारी दिनुभएकाले काठमाडौं ४ को चुनावमा अर्को रौनक थपिएको छ । कोही भन्छन्, सुप्रभाले हजार/१५ सय भोट काट्दैमा गगनलाई अप्ठ्यारो हुँदैन । कोही भन्छन्, एकहार भोटको समेत महत्व हुने भएकाले सुप्रभाको उम्मेद्वारीले गगनलाई अप्ठ्यारो पार्न सक्छ ।
काठमाडौं ४ मा मुख्य प्रतिस्पर्धी को हुन् भन्नेमा पनि विवाद छ । एमाले उम्मेद्वार कुइँकेल आफ्नो प्रतिस्पर्धा गगनसँग हुने र पासाङ तेस्रो हुने दाबी गर्नुहुन्छ । एमाओवादी उम्मेद्वार पासाङ भने आफूले भारी मतले जित्ने र आफ्ना प्रतिपक्षीहरुले ज्यादै थोरै मत ल्याउने बताउनुहुन्छ । एमाओवादीको विश्लेषणमा गगन दोस्रो र निर्मल तेस्रो हुने भन्ने छ । कांग्रेस उम्मेद्वार थापाले भने आफू पहिलो हुने बताउनुभएको छ, दोस्रो वा तेस्रो को हुन्छ भन्ने कांग्रेसले खासै हिसाब गरेको पाइएन ।
साना दलको उपस्थिति
काठमाडौं ४ मा तीन ठूला दलबाहेक कमल थापा नेतृत्वको राप्रपा नेपालबाट चलचित्रकमी उद्धव पौडेलले उम्मद्वारी दिनुभएको छ । गोपीकृष्ण टेलीभिजनका सञ्चालकसमेत रहनुभएका पौडेलको गतिविधि पनि निकै तिब्र देखिएको छ । तर, उहाँ आफैंले वैचारिक प्रतिस्पर्धाका लागि उम्मेद्वारी दिएको जनाउनुभएको छ ।
चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाका तर्फबाट हाँक साप्ताहिकका सम्पादक/ प्रकाशक गोविन्दसिंह थापाले पनि काठमाडौं ४ बाट उम्मेद्वारी दिनुभएको छ । त्यसैगरी काठमाडौं ४ मा बागी सुप्रभा घिमिरे, राप्रपाका ठाकुरप्रसाद पौडेल र नेमकिपाबाट गणेशमाया डंगोलको पनि उम्मेद्वारी परेको छ ।
काठमाडौं ४ मा प्रायः सबै मधेसवादी दलले पनि उम्मेद्वारी दिएका छन् । फोरम लोकतान्त्रिकबाट किशोरकुमार गुरुङ, सद्भावना पार्टीबाट मञ्जु शर्मा, तमलोपाबाट हरिशरण आचार्य र फोरम नेपालबाट जानकी मानान्धरको उम्मेद्वारी परेको छ । चुनावमा साना दलहरुले हजार भन्दा कम भोट ल्याउने देखिए पनि उनीहरुको मतले ठूला दलको हारजीतमा थपघट गर्न सक्ने अवस्था छ । एमालेबाट फुटेको संघीय समाजवादीले हिरण्ड मानान्धरलाई उम्मेद्वार बनाएकाले एमालेको भोटमा केही तलमाथि गर्न सक्ने र जातीय भोट काट्न सक्ने अनुमान गरिएको छ ।
के भन्छन् उम्मेद्वार ?
काठमाडौं ४ मा यसपालि कसले जित्ला ? अनलाइनखबरको प्रश्नमा गगन थापा, पासाङ र कुइँकेल तीनैजना उम्मेद्वारले तर्कसहित जित्ने दाबी सुनाउनुभयो ।
तपाईले के आधारमा चुनाव जित्नुहुन्छ ? अनलाइनखबरले पासाङ, गगन र निर्मल तीनैजनालाई प्रश्न प्रश्न गरेको थियो । जवाफमा एमाले उम्मेद्वार कुइँकेलले जनताको बहुदलीय जनवाद मान्ने एमाले पार्टी नै संघीयताबारे सबैभन्दा स्पष्ट रहेकाले आफूले चुनाव जित्ने बताउनुभयो । एमाओवादी युद्ध गरेर आएको र कांग्रेसले भ्रष्टाचार गरेको भन्दै आफू स्थानीय भएकाले पनि स्थानीयवासीले जिताउने कुइँकेलले विश्वास व्यक्त गर्नुभयो ।
एमाओवादी उम्मेद्वार पासाङले जनताले परिवर्तनलाई रोज्ने भएकाले आफूलाई अत्यधीक बहुमतले जिताउने दाबी गर्नुभयो । आफूले अत्यधीक मत ल्याएर जित्ने निश्चित भैसकेको र विपक्षीले धेरै कम मत ल्याउने उहाँको दाबी छ ।
कांग्रेस उम्मेद्वार गगन थापाले आफूले चुनाव जितेर गएपछि कांग्रेसलाई जनताको पक्षमा काम गर्न झक्झक्याउने भदै यसका लागि जनताले आफूलाई जिताउने विश्वास व्यक्त गर्नुभयो । चुनाव जितेपछि संविधानसभाबाट आउने भत्ता आफूले यही निर्वाचन क्षेत्रमा खर्च गर्ने र परिवामा खर्च नगर्ने थापाले अनलाइनखबरमार्फत घोषणासमेत गर्नुभयो ।
भिडियो
- गगन, पासाङ र कुइँकेललाई पछ्याउँदै हिँड्दा


0 comments:
Speak up your mind
Tell us what you're thinking... !