|
|
|
|
तपाईंलाई थाहा छ, मानव शरीरको सबैभन्दा बढी कामुक अंग कुन हो ? नयाँ अध्ययन अनुसार, महिला वा पुरुष जसका भए पनि ओठ अन्य अंगभन्दा मन तान्ने खालका हुन्छन् । अनुहार पनि ।
बेलायत र अफ्रिकाका आठ सय महिला-पुरुषमा अध्ययनपछि वैज्ञानिकहरू उपर्युक्त निष्कर्षमा पुगेका हुन् । यो अध्ययन न्युरोसाइन्टिफिक जर्नल ‘कर्टेक्स’ मा प्रकाशित छ । अध्ययनअनुसार, शरीरका महिलाका ४१ सेक्सी अंगको सूचीमा खुट्टा सबैभन्दा तल पर्दो रहेछ । महिलाका खुट्टामा त्यस्तो आकर्षण नहुँदो रहेछ । पुरुषको चाहिँ पाखुरामा । अध्ययनमा सहभागीहरूले महिलाको ओठ र अनुहारलाई १० मा ७.८ अंक दिए ।
यस्तै, गर्दनको पछिल्लो भागलाई १० मध्ये ७.५ अंक, स्तनलाई ७.३, नितम्बलाई ४.५ र खुट्टालाई १० मध्ये १ अंक दिइयो । यसरी नै अंकका आधारमा पुरुषको सबैभन्दा बढी कामुक अंग ओठ र अनुहारलाई नै मानियो । पुरुषका यी अंगलाई १० मध्ये ७ अंक दिइयो । तिघ्राको मध्यभागले ५.८ अंक, गर्दनको पछिल्लो भागले ५.६, स्तनले ४.८, पिठ्युँको तल्लो भागले २.८ र पाखुराले १० मध्ये १ अंक पाए । महिलाको ओठ सबैभन्दा कामुक अंग


0 comments:
Speak up your mind
Tell us what you're thinking... !