|
|
|
|
समानुपातिकतर्फ एमाले अगाडि, सहभागी सबै १ सय २२ दलबाट नै मत प्राप्त
काठमाडौं, ९ मंसिर । भाग २ संविधानसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको पछिल्लो मत गणनाको परिणामअनुसार नेकपा एमाले तीन लाख आठ हजार ८३३ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ ।
त्यसै गरी नेपाली कांग्रेसले दुई लाख ९६ हजार १५१ मत प्राप्त गरी दोस्रो स्थान प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । एकीकृत नेकपा माओवादीले एक लाख ८५ हजार ३५६ मत प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राप्रपा, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), सङ्घीय समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा(माले) र नेकपा(संयुक्त)ले क्रमशः एक लाख दुई हजार १२०, चौँतीस हजार ९०१, बाइस हजार ३३८, सत्र हजार १०, सोह्र हजार ३२, पन्ध्र हजार ५६६ र दश हजार ३६७ मत प्राप्त गरेको आयोगले जनाएको छ । समानुपातिकतर्फ सहभागी कुल १२२ दलले नै धेरथोर मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक प्रणालीमा मुलुकभर १२२ दलले भाग लिएका छन् । सो प्रणालीमा १० हजार ७०९ उम्मेदवार छन् । यसमा पुरुष पाँच हजार ४४८ र महिला पाँच हजार २९१ छन् ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !