|
![]() |
म कलेज अध्ययनरत युवक हुँ। सानै उमेरदेखि बहिनी नाता पर्ने युवतीसँग मेरो प्रेम हुन पुग्यो। यो कुरा थाहा पाएपछि दुवै घरपरिवारले हामीलाई नराम्रोसाग गाली गरे। त्यसपछि यदि हामीले विवाह गर्यौं भने के-कस्तो असर पर्ला ?
हामी छुट्टनि बाध्य भयौं। अहिले म काठमाडौंमा छु। उनको सम्झना आइरहन्छ। हाम्रो शारीरिक सम्बन्ध पनि कायम भैसकेकाले विवाह नै गर्न चाहन्छौं। परिवारका सदस्यहरू भने नाताभित्र विवाह गरे त्यसको सामाजिक मात्र होइन, जन्मने परिवारमा पनि असर पर्छ भनेर हामीलाई त्रास देखाइरहेका छन्। के स्वास्थ्य विज्ञान एवं आनुवंशिक विज्ञानले नाताभित्र विवाह गर्न बन्देज लगाएको छ ? यदि हामीले विवाह गर्यौं भने के-कस्तो असर पर्ला ?
बीके
तपाईं पढेलेखेको युवक हुनुहुन्छ। कुन कुरा राम्रो कुन नराम्रो भन्ने छुट्याउन सक्नुहुन्छ। त्यसबाहेक तपाईंलाई पक्कै पनि थाहा छ, आमा-बुवाले कहिल्यै पनि आफ्ना छोराछोरीको भविष्य नराम्रो होस् भन्ने चाहादैनन्। जहाँसम्म स्वास्थ्य विज्ञान एवं अनुवंशिक विज्ञानले यस विषयमा गरेका खोजहरू छन्, मैले पाएसम्मका कुरा इमान्दारीपूर्वक राख्ने प्रयास गर्नेछु।
प्रेमसम्बन्ध वा विवाह सीधै यौनसँग सम्बन्धित छ। हाडनाता वा नजिकका नातेदारसँग हुने यौन क्रियाकलाप र त्यसले पार्ने असरका सम्बन्धमा सबैभन्दा धेरै अध्ययन अमेरिकामा भएको देखिन्छ। तीमध्ये पनि मानवशास्त्री ज्याकलिन क्रो र मार्टिन ओपेन हेमाले विभिन्न समयमा यससम्बन्धी अध्ययन गरेको पाइन्छ। उनीहरूको अध्ययनले यस्तो सम्बन्धले आनुवंशिक प्रभाव कम परेको देखाएको छ। उनीहरूका अनुसार यस्ता सम्बन्धबाट जन्मिएका ५० प्रतिशत सन्तानमा कुनै नकारात्मक असर देखिएन भने ५० प्रतिशत सन्तानमा कुनै न कुनै समस्या भएको पाइयो। उनीहरूको अध्ययनअघि यस्ता सम्बन्धबाट जन्मिएका सन्तानमा अनेकन शारीरिक एवं मानसिक समस्या देखिने अनुमान गरिएको थियो।
ती खोजकर्ताले संसारभरि नजिकका नातामा विवाह हुने जात-जातिहरूबाट नमुना परीक्षण गरेका थिए भने कतिपय धेरैजसो आदिवासी, जनजाति एवं मुस्लिम धर्मावलम्बीमा हुने नजिकका नातेदारबीचको विवाह र ती दम्पतीबाट जन्मिएका सन्तानको शारीरिक एवं मानसिक अवस्थाको अध्ययन गरेका थिए। फरक-फरक समयमा गरिएका ती अध्ययनले ५० प्रतिशत सन्तानमा कुनै न कुनै समस्या भएको देखाएको थियो। यद्यपि संसारमा फरक जात र धर्मबीच रहेका सम्बन्ध र त्यसबाट जन्मिएका सन्तानमा पनि धेरै थोरैसमस्या देखिने भएकाले नाताभित्र सम्बन्ध राख्दा त्यसको परिणाम खराब नै आउँछ भन्ने ठोकुवा गर्न नसकिने विश्लेषण पनि गरिन्छ। मनोविज्ञहरूले पनि यस्तै रिपोर्टका आधारमा यस्ता समस्याबाट बच्न सुझाव दिन्थे। अहिले मनोविज्ञहरू क्रो र हेमाको अध्ययनलाई आधार मानेर परिस्थिति अनुसार निर्णय लिनसुझाव दिइन्छ।
नेपाल अहिले युरोप, अमेरिकाजस्तो विकसित भैसकेको छैन। शिक्षित समुदायमा पनि व्यक्तिको भन्दा सामाजिक नियमलाई बढी महत्व दिइन्छ। माथिको अध्ययन अत्यन्तै विकसित समाजबाट आएका कारण नेपालमा त्यसलाई आधार बनाउन सकिादैन। त्यसैले नेपालमा अझै पनि कुन व्यक्तिले कस्तो व्यवहार गर्दैछ, त्यसलाई समाज मनोविज्ञानका आधारमा विश्लेषण गरिन्छ।
कतिपय खोजकर्ताले भारतीय उपमहाद्वीपमा हुने हाडनाताभित्रको सम्बन्धका बारेमा पनि खोज गरेका छन्। हिन्दू प्रभावित क्षेत्रहरूमा हाडनातालाई घोर पापका रूपमा व्याख्या गर्दै एउटै परिवारमा मात्र होइन, एउटै गोत्रमा समेत विवाह गर्न नहुने सामाजिक एवं धार्मिक नियम छ। अहिले देखिएको अध्ययनजस्तै त्यो बेला नाताभित्र सम्बन्ध हुँदा कुनै न कुनै समस्या आउने मानी त्यो बेलाका ऋषिहरूले स्वस्थ समाजको निर्माणका लागि त्यस्तो नियम बनाएका थिए भन्ने कुरा प्रस्टै बुझ्न सकिन्छ।
नेपालका कतिपय जनजातिबीच मामा चेला-फुपूचेलीबीच विवाह गर्ने चलन छ। यस्तो चलनमा कुनै हानिकारण रोग लागेको वा कुनै समस्या आएको छ कि छैन भनेर अध्ययन भएको छैन। प्रत्यक्ष देखिनेगरी कुनै नकारात्मक प्रभाव परेको देखिदैन। यति हुँदाहुँदै पनि हिजोआज कतिपय जनजाति यस्तो सम्बन्ध गलत भएको भन्दै त्यसलाई कम गर्न लागेका छन्। हिन्दु बाहुल्य समाजका कारण पनि त्यसो भएको हुन सक्छ। जे भए पनि शिक्षित अभिभावकहरूमा आफ्ना सन्तानलाई नजिकका नातेदारबीच विवाह सम्बन्ध कायम गर्नु नपरे हुन्थ्यो भन्ने सोच देखिन्छ। विश्वभरि मुस्लिम धर्मालम्बीहरूबीच पनि यस्तो सम्बन्ध कायम हुने गरेको देखिएको छ। त्यसको प्रभाव नेपाली मुस्लिमहरूमा पनि देखिन्छ। तैपनि केही वर्षयता नेपाली मुस्लिमहरूले नाताभित्र विवाह गर्ने प्रथालाई कम गर्दै लगेको जानकारहरू बताउँछन्।
यी सबै कारणबाट तपाईंहरूको सम्बन्धमा जोखिम देखिन्छ। अभिभावकले त आफ्ना सन्तानलाई माया गर्छन् र यस्ता सम्बन्धका कारण तपाईंहरूलाई माया मारिहाल्न सक्दैनन्। समाजले भने तपाईंहरूको समस्या बुझ्दैन। यही समाजमा बस्नुपर्ने भएका कारण तपाईंहरूले पछि पछुताउनुपर्ने अवस्था आउन सक्छ।
मेरो सुझाव मान्नुहुन्छ भने यो सम्बन्धलाई अघि नबढाउनु नै राम्रो हुन्छ। जीवनमा प्रेम धेरै जनासँग हुन्छ, तर विवाह हुँदैन। यौनसम्बन्ध अरूसँग पनि हुन सक्छ, तर सम्बन्ध हुनेबित्तिकै सबैसँग विवाह हुँदैन। यसअघि जे भयो-भयो। अब यसलाई रोक्नु नै सबैका लागि हितकर देखिन्छ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !