|
|
|
|
काठमाडौ, कार्तिक २७ - बेलायत बस्दै आएको भए पनि दूतबहादुर गर्बुजा पुन मगर लामो समयदेखि नेपाली साहित्य र संगीतमा समर्पित छन् । सन् २००७ मा 'सुनदन्ते' कविता संग्रह निकालेका उनले अघिल्लो वर्ष एकसाथ दुई एल्बम सार्वजनिक गरेका थिए- 'लन्डनको कोसेली' र 'युकेतिर जाउली' ।
पछिल्लो पटक बेलायतको नेपाली समुदायको यथार्थ चित्र समेटेर तयार पारिएको कविता संग्रह 'यूकेको जिन्दगी' बजारमा ल्याएका उनले किताब बिक्रीबाट आएको रकम सामाजिक काममा सदुपयोग गरेका छन् । उनले पछिल्लो कविता कृति बिक्रीबाट आएमध्ये ६० हजार रुपैयाँ मंगलबार जितबहादुर सिंजाली मगर नवप्रतिभा पुरस्कारका लागि हस्तान्तरण गरे ।
मगर भाषा, साहित्य र संस्कृतिमा समर्पित जितबहादुर सिंजाली प्रतिष्ठानले हरेक वर्ष नवप्रतिभा पुरस्कार दिँदै आएको छ । मगर आदिकविको नाममा स्थापित यो संस्थाले गरेका काममा सघाउन किताब बिक्रीबाट आएको रकम पुरस्कार अक्षय कोषको लागि हस्तान्तरण गरिएको दूतबहादुरले जनाए । 'संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो गाउँठाउँ र भाषा-संस्कृति भुल्न नसकिने रहेछ,' रकम हस्तान्तरण गर्दै दूतबहादुरले भने, 'त्यही भएर परदेशदेखि आएर साथीहरुलाई हौस्याएको हुँ ।'
प्रतिष्ठानका अध्यक्ष सन्जोग लाफाले हरेक वर्ष पुरस्कारको रकम ५ हजारको दरले बढाउँदै जाने अभियानमा दूतबहादुरले इँटा थपेको जनाए । दूतबहादुरले यसअघि 'सुनदन्ते' कविता संग्रहको बिक्रीबाट आएमध्ये १ लाख ८० हजार रुपैयाँ म्याग्दीकै चिमखोलास्थित आफ्नै गाउँको स्कुलमा वायरलेस प्रविधि र कम्प्युटरका लागि सहयोग गरेका थिए । मगर संघ यूकेका अध्यक्षसमेत रहेका उनले 'लन्डनको कोसेली' एल्बमबाट आएको रकमले पोखराको एउटा अपांगलाई सघाएका थिए । 'बाहिर बसेका नेपालीको मन हरतरहले नेपालमै रमिरहेको हुन्छ,' बेलायतबाट 'एभरेस्ट टाइम्स' पत्रिकासमेत निकाल्दै आएका उनले भने, 'त्यही भएर मुलुक सम्झेर केही गर्न मन लागिरहन्छ ।'
यसैबीच पुनले आफ्नो ब्यक्तीगततर्फबाट र मगर संघ यूकेको तर्फबाट ५० हजार रुपैयाँका दरले हेल्प नेपालका लागि रविन्द्र मिश्रलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका छ


0 comments:
Speak up your mind
Tell us what you're thinking... !