|
|
|
|
काठमाडौ, कार्तिक २० - नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक जेमी म्याकगोल्डरिकले बिज्ञप्ती जारी गर्दै निर्वाचनमा भाग लिन पाउने लोकतान्त्रिक अधिकारको सबैले सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । नेपालस्थित अन्तर्राष्ट्रिय समुदायको तर्फबाट आज बिज्ञप्ती जारी गर्दै गोल्डरिकले शान्तिपुर्ण चुनावी अभियान रोक्ने कार्य गैरकानुनी भन्दै स्वतन्त्र निर्वाचनको अधिकार सम्मान गर्न आग्रह गरेका छन् ।
'शान्तिपूर्ण, खुला र समावेशी निर्वाचनमा भाग लिन पाउने लोकतान्त्रिक अधिकारको सबैले सम्मान गर्नुपर्दछ', जारी बिज्ञप्तीमा भनिएको छ,'हिंसा वा हिंसाको धम्कीद्वारा गरिने बन्द हड्ताल नागरिकका राजनैतिक अधिकार तथा नेपालको कानुनविरुद्ध छ ।'
गोल्डरिकले बिज्ञप्तीमार्फत् अस्वीकार्य धम्की र अवरोधका बाबजुत पनि चुनावी अभियान अघि बढेको भन्दै राजनीतिज्ञ, निर्वाचन आयोग र सुरक्षा संयन्त्रको प्रशंसा गरेका छन्


0 comments:
Speak up your mind
Tell us what you're thinking... !