|
|
|
|
ताप्लेजुङ –नेकपा—माओवादीका ६ कार्यकता ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ। चुनावी अभियानको क्रममा गाउँ पुगेका एमाओवादीका उम्मेदवार लगायतका नेताहरुमाथि आक्रमणमा संलग्न भएको अभियोगमा ६ जना वैद्य माओवादी कार्यकता पक्राउ गरेको हो। कात्तिक ८ गते मेहेले गाविसमा चुनाब प्रचार प्रसारको क्रममा आफूमाथि आक्रमण भएको भन्दै एमाओवादी उम्मेदवार सञ्चपाल मादेनले १८ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले पक्राउ अभियान तीब्र बनाएको थियो।पक्राउ पर्नेहरुमा साब्लाखु ४ बस्ने २८ बर्षिय सकल उपनामका खेमलाल पन्दाक ,हाङपाङ ८ का २१ बर्षिय दिपचन आङबुहाङ लिम्बु , पेदाङ ५ बस्ने ३१ बर्षिया दिपिन्द्र मावो फुङलिङ २ का ध्रुब मादेन, दोखु ४ का १६ वर्षिय सुनिल ईजम र २० वर्षिय बीरबहादुर तामाङलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक गोविन्दप्रसाद आचार्यले बताए। पक्राउ परेकाहरुलाई ज्यान मार्ने उद्योग अनुसार मुद्धा चलाउने र अन्य फरार रहेकाहरुलाई खोजी कार्य तिब्र पारिएको समेत आचार्यले बताए। -
वैद्य माओवादीका ६ कार्यकता पक्राउ, ज्यान मुद्दा लगाइने -


0 comments:
Speak up your mind
Tell us what you're thinking... !