Headlines News :
Home » » बन्दलाई निरन्तरता दिने वैद्यको धम्की (भिडियोसहित)

बन्दलाई निरन्तरता दिने वैद्यको धम्की (भिडियोसहित)



२७ कात्तिक, काठमाडौं नेकपा-माओवादी अध्यक्ष मोहन बैद्य किरणले अझै पनि समय बाँकी रहेको भन्दै सहमतिका लागि पहल गर्न सबैसँग आग्रह गर्नुभएको बन्द फिर्ता लिन चौतर्फी दबाव आइरहेका बेला वैद्यले यस्तो आग्रहलाई वेवास्ता गर्दै पूर्वघोषित यातायात बन्द अझै कडा प्रभावकारी बनाउने चेतावनी दिनुभयो रिपोर्टर्स क्लबले वैद्यको निजी निवास धापासीमा बुधवार आयोजना गरेको विशेष साक्षात्कारमा उहाँले भन्नुभयो -राजनीतिक सहमतिविना मुलुकको समस्या समाधान हुँदैन, त्यसैले अहिले पनि केही बिगि्रएको छैन, सहमतिको प्रयास गरियोस् सहमतिको प्रयास गर्न नागरिक समाज, पत्रकार राजनीतिक दलहरुलाई आग्रह गर्दछु सरकार पनि गंभिर होस् ।’ माओवादी अध्यक्ष बैद्यले राजनीतिक सहमतिविना द्वन्द्व समाधान नहुने भन्दै बन्दुकको भरमा निर्वाचन गरे त्यसले द्वन्द्वको समाधानभन्दा पनि द्वन्द्व बढाउने बताउनुभयो शान्तिप्रक्रियाको एक अभिन्न अंग हामीलाई पाखा लगाएर शान्ति निष्कर्षमा पुग्न सक्दैन, यसले द्वन्द्व बढाउँछ ।’ अध्यक्ष बैद्यले आफूले सहमतिका लागि आब्हान गर्दा समेत सरकार प्रमुख दलहरुले कुनैरेस्पोन्स’ नगरी दमन गर्न थालिएको गुनासो गर्नुभयो हामीलाई बेवास्ता गरियो, अब अर्को आन्दोलन गरेर फरक ढंगले अघि बढ्छौं’ उहाँले भन्नुभयो, ‘एमाओवादीलाई हामी निर्वाचनमा जाँदा हारिने एमाले, कांग्रेसलाई दुई माओवादी मिल्छन् कि भन्ने स्वार्थले गर्दा आफुहरुलाई बाहिर पारिएको उहाँको विश्लेषण आन्दोलन आफूहरुको रहर नभई बाध्यता भएको भन्दै जनतालाई आन्दोलनले केही कष्ट भए पनि यो बाध्यतालाई बुझ्न उहाँले आग्रह गर्नुभयो आफूहरुको माग पूरा नभए जारी यातायात बन्द फिर्ता नहुने उहाँले बताउनुभयो यातायात बन्द निरन्तर चल्छ, अब बन्दलाई प्रभावकारी बनाउनतिर हामि लाग्छौं हाम्रो माग पूरा नभएसम्म रोकिनेवाला छैनौं ।’ उहाँले भन्नुभयो बहिस्कारका बेला फेला परेका बमहरुको विषयमा आफूहरुलाई कुनै जानकारी नभएको भन्दै उहाँले आक्रोशित जनता कार्यकर्ताले आगो लगाउने काम गर्नु स्वभाविक भएको यस्तो अवस्था स्वयम सरकार प्रमुख राजनीतिक दलहरुले नै आउन बाध्य बनाएको दावी गर्नुभयो उहाँले बाहिर हल्ला भएजस्तो सरकारले आफूहरुलाई पक्राउ गर्न खोजेको हो भने त्यसलाई सहर्ष स्वागत नै बताउनुभयो एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफूहरुलाई मन्त्री परिषदबाट मनोनित हुने २६ सिट दिएर संविधानसभामा ल्याउने भनी दिएको अभिव्यक्तिलाई आफूहरुमाथिको अपमान भएको बताउनुभयो जानै परे अब यो सत्ता हटाएर नयाँ सत्ता ल्याएर सरकारमा जाने उहाँले चेतावनी दिनुभयो उहाँले प्रचण्ड प्रतिक्रियावादीको कित्तामा गएको आरोप लगाउनुभयो

बन्दलाई निरन्तरता दिने वैद्यको धम्की (भिडियोसहित


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार