|
|
|
|
२८ कात्तिक, काठमाडौं । कोका-कोला नेपालले फिफा वल्र्ड कप ट्रफी टुरका पहिलो ३ सय बिजेता सार्वजनिक गरेको छ । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर तथा नेपाल पुलिस क्लबका कप्तान जुमानु राईले लक्की ड्र मार्फत विजेताहरू छनोट गर्नुभएको हो । बिजेताहरुले डिसेम्बर २१ मा दशरथ रंगशालामा हुने कार्यक्रममा फिफा वल्र्ड कप ट्रफी हेर्ने टिकट पाउनेछन् । फिफा वल्र्ड कप ट्रफी टुर अंकित ३०० मिलिलिटरको कोकाकोलाको बिर्कोमुनी भएको युनिक कोडलाई ७७२२ मा एसएमएस गरी लक्की ड्रमा भाग लिन सकिन्छ । यो योजना मंसिर २७ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । लक्की ड्र मा सहभागी ३ जना भाग्यशाली बिजेताहरुले फिफा वल्र्ड कप ट्रोफी टुरको आधिकारीक प्लेनमा ट्रोफीसँगै नेपाल-भुटान यात्राको मौका समेत पाउने कम्पनीले जनाएको छ । १५ सय बिजेताहरुले कार्यक्रमका लागि दुईवटा पास जित्ने बताइएको छ । -
वर्ल्ड कप ट्रफी टुरका ३ सय बिजेता छनौट


0 comments:
Speak up your mind
Tell us what you're thinking... !