|
|
|
|
२८ कात्तिक, काठमाडौ । मंसिर ४ को चुनावविरुद्ध बन्द घोषणा गरेर आन्दोलनमा रहेको ३३ दलीय मोर्चा शुक्रबार सडकमा निस्कने भएको छ ।
३३ दलीय कार्यदलको विहिबार बसेको बैठकले आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ । ‘आन्दोलनलाई अझै सशक्त बनाउने निर्णय भएको छ’, सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले अनलाइनखबरसाग भन्नुभयो, ‘भोलिबाट बन्दकर्ताहरु सडकमा निस्कने निर्णय भएको छ ।’ गिरफ्तारी दिन लाग्नुभएको हो, भन्ने प्रश्नमा शेर्पाले सडकमा निस्केपछि जे पनि हुनसक्ने बताउनुभयो ।
३३ दलीय मोर्चाले आन्दोलनका क्रममा घुसपैठ भएको भन्दै हिंसात्मक घटनाको जिम्मेवारी लिन अस्वीकार गरेको छ । ‘राजधानीमा भएका केही घटनामा चार दल र सरकारका मान्छेहरुको घुसपैठ भएको छ भन्ने रिर्पोट आएको छ ।’ शेर्पाले भन्नुभ


0 comments:
Speak up your mind
Tell us what you're thinking... !