Headlines News :
Home » » बम विस्फोटबाट गम्भर घाइते बालकको उपचार जारी

बम विस्फोटबाट गम्भर घाइते बालकको उपचार जारी



 

काठमाडौं, मंसिर काठमाडौंको भोटेबहालमा मंगलबार बिहान बम विस्फोटमा गम्भीर घाइते भएका एक बालकको बुधबार पनि वीर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको सो घटनामा हातलगायत शरीरका विभिन्न भागमा ठूलो चोट लागेर गम्भीर घाइते भएका स्थानीय आठ वर्षीय समिर खड्गीको वीर अस्पतालमा शल्यक्रिया गरिएको घाइते बालकको पारिवारिक स्रोतबाट थाहा भएको

भोटेबहालस्थित आजाद गल्लीमा फोहोर फाल्ने ठाउँमा राखिएको खेलौनाजस्तो बट्टालाई बालक खड्गीले बोकेर केही पर गल्लीमा खेलाउँदै गरेको अवस्थामा विस्फोट भएको थियो

सो घटनामा बालक खड्गीसहित मकवानपुर घर भई हाल सोही स्थानमा बस्दै आएका कृष्ण बलामीका आठ वर्षीया छोरी गङ्गा बलामी उनका एक साथीसमेत घाइते भएका थिए



 
घाइतेलाई तत्काल प्रहरीको सहायतामा उपचारका लागि वीर अस्पताल पु¥याइएको थियो घाइते बालिका बलामीको निधारमा चोट लागेकाले सामान्य उपचारपछि घर फर्किसकेको अर्का एक बालकको विष्फोटनले श्रवण शक्ति कमजोर भएको बुझिएको

घाइते खड्गीका आमा राधा खड्गीले आफ्ना अन्जान नाबालक छोराको औषधि उपचार लगायतका कुरामा राज्यले जिम्मेवारी लिनुपर्ने माग गर्दै विस्फोटक पदार्थ जथाभावी राख्ने कार्यमा संलग्न अपराधीलाई पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभयो

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार