|
|
|
|
काठमाडौं- संविधानसभा निर्वाचनको दिन ७ सयभन्दा बढी कामदार विदेसिएका छन्। पहिला नै भिसा र श्रम स्वीकृति निकालेर बसेका कामदार कम्पनीमा पुग्नुपर्ने भन्दै निर्वाचनकै दिन बाहिरिएका हुन्। अघिपछि दैनिक सरदर १५ सय कामदार बाहिरिनेमा निर्वाचनको दिन ५० प्रतिशतले कमी आएको रोजगार व्यवसायीले बताएका छन्। समयमा कम्पनीमा हाजिर हुनुपर्ने भएकाले टिकट लिएर बसेका कामदार निर्वाचनको दिनमा पनि बाहिरिएका हुन्।
कतिपय कामदार सोमबार श्रम स्वीकृति निकालेर मंगलबार पनि उडेका थिए। सरकारले संविधानसभा चुनावका लागि भन्दै आइतबारदेखि बिदा दिए पनि सोमबार बैदेशिक रोजगार विभाग खोलेर बिदा अवधिमै भिसा म्याद सकिने कामदारलाई अन्तिम श्रम स्वीकृति दिएको थियो।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले अघिपछिको तुलनामा मंगलबार ५० प्रतिशत कम कामदार विदेसिएको बताए। 'पहिला नै भिसा र श्रम स्वीकृति निकालेर बसेका कामदार कम्पनीमा पुग्नुपर्ने बाध्यताले ४ गतेको टिकट बनाएका कारण निर्वाचनको दिन बाहिरिएका हुन्,' उनले भने, 'तर चुनावकै लागि भनेर ठूलो संख्यामा कामदार रोकिएका पनि छन्।'
चाडपर्व र संविधानसभा निर्वाचन सकिएकोले ८ गतेदेखि विदेसिने संख्या ह्वात्तै बढ्ने व्यवसायी बताउँछन्। 'दसैं, तिहार, छठ र संविधानसभा चुनावले रोकिएका कामदार एकैचोटि बाहिरिन्छन्,' तामाङले भने, 'रोकिएका कामदारको प्रेसर एक महिनासम्म हुन्छ।'
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार संविधानसभा निर्वाचनका लागि भनेर १५ हजारभन्दा बढी कामदार रोकिएका छन्। दसैं तिहार र छठ मनाउन पनि ठूलो संख्यामा विभिन्न मुलुकबाट बिदामा कामदार नेपाल आएको हुनाले फर्किंदा टिकटको अभाव हुने अवस्था रहेको व्यवसायी बताउँछन्।
'दसैं तिहार र छठ मनाउन नेपाल आएका कामदार र नयाँ कामदार जाने दबाब उस्तै हुन्छ त्यसमाथि निर्वाचनका कारण पनि ठूलो संख्यामा कामदार रोकिएका छन्। सबै कामदार एकैचोटि जाँदा टिकट महँगिने अवस्था आउँछ,' तामाङले भने।
ट्राभलले एयरलाइन्ससँग मिलेर नाफा खान टिकट सस्तोमा बुक गरी रोजगार व्यवसायी र कामदारलाई महँगोमा पार्ने हुनाले पनि केही आर्थिक भार बढ्ने उनले बताए। 'एक महिनासम्म एकतर्फी जाने कामदार बढ्छन्, यस्तो अवस्थामा जहिल्यै प्लेन टिकटमा कालोबजारी भएको छ,' उनले भने।
हामी फर्किंदा संविधान बनोस्
निर्वाचनको दिन विदेसिन लागेका कामदारले फर्किंदा मुलुकले नयाँ संविधान पाओस् भन्ने कामना गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका अधिकांश कामदारले अहिले बाध्यताले भोट हाल्न नपाए पनि अब फर्किंदा देशमा शान्ति र संविधान आओस् भन्ने कामना गरे।
दुबई जान हिँडेका तनहुँ दमौलीका सिद्ध ठकुरीले आफ्नो नाम मतदाता नामावलीमा भएर पनि समयमा कम्पनीमा पुग्नुपर्ने भएकाले भोट हाल्न नपाएको बताए। 'पहिलोपटक भोट हाल्ने इच्छा थियो तर टिकट र भिसा पहिल्यै फिक्स भएकाले पाइएन,' उनले भने, 'दुई वर्षपछि छुट्टीमा फर्कने हो त्यो बेलासम्म देशले संविधान पाउँला नि!'
त्यस्तै साउदी अरब हिँडेका दोलखाका लाक्पा शेर्पाले देशको अवस्थाका कारण विदेसिनु परेको कारण चाँडै संविधान बनी शान्ति कामय गरी विदेसिनुपर्ने बाध्यता हटाउन सुझाए। उनले विगतमा पनि भोट हालेर केही नभएका कारण यसपालि भोट हाल्न नपाउँदा पनि चिन्ता नलागेको प्रतिक्रिया



0 comments:
Speak up your mind
Tell us what you're thinking... !