|
|
|
|
कञ्चनपुर, १९ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्र्तगत पर्ने कञ्चनपुरको भाँसी नजिक महेन्द्रनगरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ना४ख ४२२५ नम्बरको बस दुर्घटना हुँदा बसमा सबार २२ जना यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये छजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक बृखबहादुर रावलले बताउनुभयो । सामान्य घाइते भएका १८ जनाको महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा उपचार भैरहेको छ ।
गम्भीर घाइतेमध्ये पाँचजनालाई थप उपचारका लागि भारततर्फ र एक जनालाई कैलालीको अत्तरियामा रहेको निजी अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । घाइते हुनेमा अधिकांश महिला रहेका छन् । बस तीब्र गतिमा रहेकाले दुर्घटना भएको प्रहरी नायब उपरीक्षक रावलले बताउनुभयो । बसका चालक भने फरार रहेको बताइएको छ


0 comments:
Speak up your mind
Tell us what you're thinking... !