Headlines News :
Home » » नेपालीले कोरियामा देउसी भैलोसहित यसरी मनाए (फोटो फिजर सहित)

नेपालीले कोरियामा देउसी भैलोसहित यसरी मनाए (फोटो फिजर सहित)



सउल कोरियामा रहेका नेपाली हरूले भब्यरूपमा देउसी भैलो तथा दीपावलीको शुभकामना कार्यक्रम सम्पन्न गरेका छन् कोरियाका विभिन्न ठाउँमा नेपालीहरूले यसरी उक्त कार्यक्रम सम्पन्न गरेका हुन राजधानी सउलस्थित गवाङ्गमुनको ओम रेष्टुरेण्टमा आइतबार साँझ आयोजित देउसी भैलो कार्यक्रममा कोरियामा रहेका नेपालीहरूले भरपुर आनन्द लिएका थिए शुभ दीपावलीको पावन अवसरमा आयोजित उक्त कार्यक्रममा कोरिया स्थित नेपाली दूतावासका उप
नियोग प्रमुख राजा राम वर्तैालाले बिधिवतरूपमा देउसी गीत गाएर देउसी भैलो कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने एन आर एन आईसीसी प्रतिनिधि के.पी. सिटौलाले नेपालिपन नेपाली संकृतीको पहिचान गराउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनु भएको थियो यसैगरी कार्यक्रममा ओम रेष्टुरेन्ट संचालिका रिता बस्नेतले उपस्थित सबैलाई शुभकामना व्यक्त गर्नु भएको थयो उक्त कार्यक्रममा डा. बिरेन्द्र तिवारी, डा. ह्रदयश प्रताव मल्ल, डा.रोष्नी उलक, कोरिया सन्देश क्लबका अध्क्ष्य तथा पत्रकार मीन प्रकाश उप्रेती, झापा मिलन समाजका उपाध्क्ष्य सन्तोष श्रेष्ठ तथा ब्यवसायी ईश्वरी सिटैाला लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो नेपाली परिकारका सेलरोटि लगायतका खानाहरु सहित मनाईएको उक्त कार्यक्रमको प्रयोजन ओम रेष्टुरेण्टले गरेको थियो यसैगरि नेपाल लोकतान्त्रिक मन्च दक्षिण कोरियाको आयोजनामा गत आइतबार नेपाल हाउसमा भेटघाट तथा दीपावली, नेपाल संवत तथा छटपर्वको शुभकामना आदानप्रधान कार्यक्रम सम्पन्न भएको सङ्गठनका गतिविधि कार्यदीसा बारेमा छलफल सहित सम्पन्न भएको सो शुभकामना आधान प्रधान कार्यक्रममा एन डी एफ कोरियाका प्रमुख सल्लाहाकार मनोज कार्की, डा.बिरेन्द्र तिवारी, ब्यवशाहि प्रेम ज्ञावली, बुद्धिजबि शालिग्राम बस्याल सङ्गठनका संयोजक कृष्ण राई, युवा प्रतिनिधि सोमनाथ सापकोटा लगायतले सङ्गठनको गतिविधि सहित शुभकमना व्यक्त गर्नु भएको थियो यसै गरी -संयोजक सुरेन्द्र भण्डारीले उपस्थित सबैलाई स्वागत मनतब्य व्यक्त गर्नुभएको थियो सोही अवसरमा नेवा पुच कोरिया द्धवारा दूतावासको भवनमा गत आईतबारनै नेपाल संम्बत ११३४ एक कार्यक्रमबिच मनाईएको उता कोरियाको अन्य सहर हरू ख्वाङ्गजुमा तथा बुसान क्षेत्रमा पनि नेपालीहरूले दीपावली २०७० भब्यरुपमा मनाएको सो क्षेत्रबाट प्रदिप संग्रैाला शिव उप्रेतीले बताउनु भएको -


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार