|
|
|
|
२९ कात्तिक, काठमाडौं । माल्दिभ्सका राष्ट्रपतिले राष्ट्रिय निर्वाचनको पूर्वसन्ध्यामा मुलुक छोडेको जानकारी उनका प्रवक्ताले शुक्रबार दिएका छन् । माल्दिभ्समा निर्वाचन
तीनपटकसम्म ढिलो गरिएको छ र यसका कारण संवैधानिक सङ्कटका साथै नेतृत्व सङ्कट देखिएको छ । गत फेब्रुअरीमा सत्ता हस्तान्तरणको अवस्थामा मोहमद वाहिद राष्ट्रपति हुनुभएको हो । उहाँ बिहीबार साँझ स्वास्थ्य परीक्षणका लागि आफ्नी श्रीमतीका साथमा हङकङ तथा सिङ्गापुर प्रस्थान गर्नुभएको उहाँका प्रवक्ता मसुद इमादले बताए । माल्दिभ्समा राष्ट्रपति पदको निर्वाचन शनिबार हुनेभएको छ । इमादले राष्ट्रपति वाहिदकी श्रीमतीले आँखाको समस्या भोगेको र अब स्वास्थ्य परीक्षण रोक्नुपर्ने कुनै आवश्यकता नदेखिएकाले उहाँ विदेशिनुभएको बताए । राष्ट्रपतिको रूपमा वाहिदले मुलुकको सशस्त्र सेनाको नेतृत्व लिनुभएको छ र उहाँ एक महिनासम्म मुलुक नर्फकनुहुने इमादले जानकारी दिए ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !