Headlines News :
Home » » सर्वोच्चको आदेश नमान्ने वैद्यको खुलेआम घोषणा (भिडियो सहित)

सर्वोच्चको आदेश नमान्ने वैद्यको खुलेआम घोषणा (भिडियो सहित)



२९ कात्तिक, काठमाडौं मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले सर्वोच्च अदालतलाई चार दलको अदालत भन्दै उसको आदेश नमान्ने बताएको
शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी माओवादी अध्यक्ष बैद्यले अदालतलाई नमान्ने बताउनुभयो यसअघि बन्द फिर्ता लिन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको पत्र बुझाउन आएका कर्मचारीलाई माओवादी प्रवक्ता पम्फा भुसालले कार्यालय समय सकिएको भन्दै फिर्ता पठाउनुभएको थियो सर्वोच्च अदालतले संविधानसभा निर्वाचनमा मतदान गर्न पाउने जनताको अधिकारलाई कुन्ठित गर्ने अधिकार कसैसँग नभएको भन्दै बन्द हड्ताल फिर्ता लिन बिहीबार अन्तरिम आदेश दिएको थियो बन्द फिर्ता लिन सर्वोच्च अदालतले दिएको आदेशले बहिस्कार गर्न पाउने जनताको अधिकार कुन्ठित भएको भन्दै बैद्यले त्यसलाई नमान्ने बताउनुभयो यो चारदलीय अदालत हो यो अदालतलाई मान्ने कुरै आउँदैन’ अदालतप्रति आक्रामक रुपमा प्रस्तुत भएका बैद्यले भन्नुभयो-’अदालत आफ्नो ढंगले जाओस्, हामी हाम्रो ढंगले जान्छौं ।’ कार्यपालिका न्यायपालिकामा एउटै व्यक्ति भएपछि अदालत स्वतन्त्र निस्पक्ष नभएको भन्दै माओवादी अध्यक्ष बैद्यले यदि अदालत साँच्चै स्वतन्त्र थियो भने राष्ट्रिय सहमतिका लागि किन आदेश दिएन भनी प्रश्न गर्नुभयो हिंसात्मक घटनाको जवाफदेही छैनौं आफूहरुको बहिस्कार आन्दोलन शान्तिपूर्ण रहेको भन्दै बैद्यले आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको जिम्मा लिन अस्वीकार गर्नुभयो जनता आक्रोशित छन्, कार्यकर्ता आक्रोसित छन्, यो सबै त्यसको अभिव्यक्ति हो’ बैद्यले भन्नुभयो-’यो जिम्मा सरकार चार दलका शीर्ष नेताहरुले लिनुपर्छ यसको जवाफदेही हामी छैनौं ।’ यद्यपि उहाँले लडाईबाट आएको पार्टीलाई बाहिर राखेर चुनाव गर्न खोजेको अहिलेको अवस्थामा केही घटनाहरु हुनुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउनुभयो पक्राउ परेका आफ्ना कार्यकर्तालाई संगठित अपराधको मुद्दा लगाएर विरोधीहरुलाई समाप्त पार्ने षड्यन्त्र गरिएको भन्दै बैद्यले भन्नुभयो- ‘सहमतिको राजनीति संविधानसलाई ध्वस्त पार्नेहरुलाई के भन्ने ? लोकतन्त्र संविधानविरुद्ध गएको मुद्दा लाग्छ ।’ उहाँले आन्दोलनका क्रममा सय ५० भन्दा बढी आफ्ना नेता कार्यकर्ता पक्राउ परेको भन्दै रिहा गर्न सरकारसँग माग गर्नुभयो आफूहरुको बहिस्कार आन्दोलनमा जनताको पूर्ण समर्थन भएको दाबी गर्दै माओवादी अध्यक्ष बैद्यले सरकारले सेना परिचालन गरेर जवरजस्र्ती सवारी साधन चलाउन लगाएको दावी गर्नुभयो सरकारले भने हड्तालका क्रममा भएका हिंसात्मक घटनामा पक्राउ परेका अधिकांश नेकपा-माओवादीका कार्यकर्ता भएको बताएको प्रचण्डमाथिको आक्रमण जनताले गरेको’ बम हानेर आफ्नो हत्या गर्न खोजेको प्रचण्डको आरोपबारे सोधिएको प्रश्नमा बैद्यलेजनताले गरेको’ भन्दै पन्छिनु भयो विल्कुल होइन, हामीले किन मार्ने प्रचण्डलाई उहाँ मानसिक रुपले पराजित हुनुभएको छ’ बैद्यले भन्नुभयो- ‘उहाँ सहयोगीलाई पाखा लगाउने खलनायक हुनुहुन्छ उहाँले धेरै अपराध गरेकाले जनताले गरेको हो जनता उहाँविरुद्ध छन् भन्ने प्रमाण हो ।’ चुनाव हुन्छ कि रोक्न सक्नुहुन्छ भन्ने प्रश्नमा बैद्यले यसै भन्न नसक्ने बताउनुभयो चुनाव हुन पनि सक्छ, नहुन पनि सक्छ, अझै अनिश्चित छ’ उहाँले भन्नुभयो- ‘भइहाल्यो भने पनि जनताको संविधान बन्दैन ।’ राष्ट्रिय सहमतिको विकल्प नभएको भन्दै माओवादी अध्यक्षले सहमतिका लागि सरकार दलहरुलाई दबाव दिन नागरिक समाज, बुद्धिजिवी सबैसँग आग्रहसमेत गर्नुभयो
भिडियो हेर्नुहोस
 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार