|
|
|
|
काठमाडौं, कार्तिक २९ - गैरकानुनीरुपमा मलेसियामा रहेकाबेला पक्राउ परेका मोरङको पथरीका चार जना युवालाई घरफिर्तीको वातावरण मिलाउन आफन्तले अनुरोध गरेका छन् ।
पाँच दिनअघि पक्राउ परेका पथरी- ८ का नारायण पोखरेल, सुरज थापा, सन्तोष आचार्य र लोकेन्द्र भण्डारीका परिवारले सकुशल घरफिर्तीको अपील गरेका हुन् ।
नारायणका दाजु बाबुराम, सुरजकी श्रीमती प्रमिलाले अपीलमार्फत घर फिर्तीको वातावरण मिलाउन अनुरोध गरेका हुन् । मलेसियामा रहेका पथरीका युवाहरुले पनि उनीहरुको घरफिर्तीका लागि पहल गरिरहेको सञ्चारकर्मी अर्जुन काफ्लेले जानकारी दिए ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !