|
|
|
|
धादिङको तीनवटै निर्वाचन क्षेत्रबाट एमाले विजयी
धादिङ, ६ मंसिर । धादिङ जिल्लामा तीन वटै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर१ बाट धनबहादुर घले, २ बाट गुरुप्रसाद बुर्लाकोटी र ३ बाट राजेन्द्रप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ । क्षेत्र नं १ मा ४३ हजार ५२५ जना मतदाता रहेकामा ३३ हजार १८७ मत खसेको थियो । आठ हजार ६६३ मत प्राप्त गरी धनबहादुर घले विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तिलकप्रसाद रुवालीले सात हजार ६५६ मत पाउनुभएको थियो ।
क्षेत्र नं २ मा ६३ हजार ६२३ मतदाता रहेकामा ५१ हजार ६ मत खसेको थियो । गुरुप्रसाद बुर्लाकोटीले २० हजार २३६ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकाका रामनाथ अधिकारीले १८ हजार १२६ मत पाउनुभएको थियो ।
त्यस्तै क्षेत्र नं ३ मा ३६ हजार ८८३ मतदाता रहेकामा ५० हजार ७१४ मत खसेको थियो । बाइस हजार १९६ मत प्राप्त गरी राजेन्द्रप्रसाद पाण्डे विजयी हुनुभएको हो ।
उहाँको निकटतम प्रतिद्वन्द्वी एमाओवादीका शालिग्राम जमरकट्टेलले १५ हजार ६९८ मत प्राप्त गर्नुभएको थियो


0 comments:
Speak up your mind
Tell us what you're thinking... !