|
|
|
|
१४ असोज, काठमाडौं । भ्रष्टाचार मुद्दामा सीबीआई अदालतले बिहारका पूर्व मुख्यमन्त्री एवं राष्ट्रिय जनता दलका प्रमुख लाल प्रसाद यादवलाई दोषी ठहर गरेको छ । अदालतको फैसला लगतै लालूलाई रांचीको बिरसा मुन्डा जेल चलान गरिएको छ । यस मुद्दामा ४४ अन्य अभियुक्त पनि थिए र सबैलाई अदालतले दोषी ठहर गरेको छ । सजाय भने ३ अक्टोबरमा सुनाइनेछ । सीबीआईका अभियोजक बीएमपी सिंहले लालू यादव र जगन्नाध मिश्रलाई बढीमा सात बर्षसम्म सजाय हुनेछ । यो मुद्दामा लालूप्रसाद न्यायाधीश परिवर्तनको माग गरेका थिए, तर सर्वोच्च अदालतले उनको निवेदन खारेज गरेको थियो । लालूप्रसाद र ४४ अन्य मानिसले चाइबास कोषागारबाट ९० को दशकमा ३७.७ करोड भारु निकालेको मामिलामा उनीहरुलाई अभियुक्त बनाइएको थियो । चाइबास त्यसबेला अविभाजित बिहारको भाग थियो । चराको आहारसम्वन्धी भ्रष्टाचारमा विशेष अदालतले ५३ मध्ये ४३ मुद्दामा यसअघि नै फैसला सुनाइसकेको छ । बिहारका मुख्यमन्त्री जगन्ननाथ मिश्रा, पूर्वमन्त्री विद्यासागर निषाद, आरके राणा र ध्रुव भगत पनि अभियुक्तमा थिए ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !