Headlines News :
Home » » अमेरिकासँग अर्थमन्त्रीको थप सहायताका लागि अनुरोध

अमेरिकासँग अर्थमन्त्रीको थप सहायताका लागि अनुरोध



काठमाडौं, १८ असोज अर्थमन्त्री शंकरप्रसाद कोइरालालेमिलेनियम च्यालेन्ज कर्पोरेसन’ मार्फत नेपाललाई थप सहायता उपलब्ध गराउन अमेरिकी सरकारसँग आग्रह गर्नुभएको नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यू बोडीसँग शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री कोइरालाले समृद्ध मुलुकले आर्थिक अवस्था कमजोर भएका देशलाई दिने सुविधा बढाउनुपर्नेमा जोड दिनुभयो उहाँले कफी, चियाजस्ता कृषि उत्पादनको अमेरिकी बजारमा राम्रो सम्भाव्यता रहेकाले व्यापार विस्तारमा अमेरिकी सरकारको ध्यानाकर्षण गराउनुभयो केही दिनमै आपूm विश्व बैंकको कार्यक्रममा अमेरिका जान लागेको जानकारी गराउँदै मन्त्री कोइरालाले त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, आर्थिक तथा व्यापारिक क्षेत्र विस्तारका सम्भावनाबारे अमेरिकी अधिकारीसँग छलफल गरिने बताउनुभयो

संविधानसभा निर्वाचनपछि गठन हुने सरकारलाई उपयुक्त आर्थिक वातावरण तयार गर्न वर्तमान सरकार लागिपरेको जानकारी गराउँदै उहाँले त्यसनिम्ति अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य भन्नुभयो

राजदूत बोडीले नेपाल सरकारले उठाएका विषयमा आपूm सकारात्मक रहेको भन्दै सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार भएको अन्तर्राष्ट्रिय समुदायले हेर्न चाहेको बताउनुभयो सरकारले हालै तयार गरेको वैदेशिक सहायता नीतिबाट नेपालको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो नेपालको वैदेशिक सहायता नीति तयार हुँदैछ

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार