ब्रान्डमा उत्कृष्ट एप्पल बिश्वमा
१६ - एप्पल विश्वकै सबैभन्दा मूल्यवान् ब्रान्ड बनेको छ । १३ वर्षसम्म पहिलो नम्बरमा बसेको कोकाकोलालाई पछि पार्दै एप्पल इन्टरब्रान्डको सूचीमा उत्कृष्ट ठहरिएको हो । ब्रान्डिङ सेवा उपलब्ध गराउने अमेरिकी कम्पनी इन्टरब्रान्डले बर्सेनि यस्तो सूची निकाल्ने गर्छ ।
आइफोन, आइप्याड, म्याकलगायत उत्पादन विश्वभर पुर्याएको एप्पलले विश्वका १ सय ब्रान्डलाई उछिन्दै पहिलो पटक उक्त स्थान पाएको हो । दोस्रो नम्बरमा सर्च इन्चिन, सामाजिक सञ्जाल र एन्ड्रोइड अपरेटिङ सिस्टम उपलब्ध गराउने कम्पनी गुगल परेको छ । कोकाकोला भने तेस्रो स्थानमा झरेको हो ।
इन्टरब्रान्डले सार्वजनिक गरेको सूचीअनुसार चौथो नम्बरमा इन्टरनेसनल बिजनेस मेसिन (आईबीएम), पाँचौंदेखि दसौंसम्म क्रमशः माइक्रोसफ्ट, जनरल इलेक्िट्रक, म्याकडोनल्ड, सामसङ, इन्टेल र टोयोटा मोटरकर्प परेका छन् ।
यसअघि सन् २००० मा एप्पलले पहिलो पटक उत्कृष्ट ११ ब्रान्डको सूचीमा ३६ औं स्थान पाएको थियो । सो समय कम्पनीको ब्रान्ड मूल्य ६ अर्ब ६० करोड डलर थियो । जुन पछिल्लो समय ९८ अर्ब ३० करोड डलर बराबर पुगेको छ ।
कम्पनीले केही साताअघि मात्र नयाँ अपरेटिङ सिस्टम र दुई स्मार्टफोन सार्वजनिक गरेको छ । प्रख्यात उत्पादन ट्याबलेटमा पनि नयाँ शृंखला थपिने अनुमान बजारको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !