|
|
|
|
आफ्ना नागरिकहरु विदेशी भूमिमा पर्यटक बनेर जाँदा देखाउने विभिन्न खाले असामान्य बानी व्यहोराका कारण बदनामी कमाइरहेको बेला चिनिया सरकारले आफ्ना पर्यटक नागरिकका लागि कडा नियम बनाएको छ । उसले पर्यटक बनेर विदेश घुम्न जाँदा गर्न हुने र नहुने कामको लामो निर्देशिका सार्वजनिक गरेको छ ।
चीनको राष्ट्रिय पर्यटक प्रशासनले प्रकाशन गरेको ६४ पेजको
उक्त निर्देशिकाको नाम ‘सभ्य पर्यटनका लागि निर्देशिका’ राखिएको छ । निर्देशिकामा उल्लेख भए अनुसार अब चिनिया पर्यटकहरुले पर्यटक बनेर गएपछि नाक कोट्याउने छैनन्, स्विमिङ पुल वा अन्य पानीका श्रोतमा पिसाब गर्नेछैनन् र जहाजका लाइफ ज्याकेट चोर्नछैनन् ।
चीनमा अक्टोबर १ मा सुरु भएको विदाको मौसम सुनौलो सप्ताहको पूर्व सन्ध्यामा उक्त निर्देशिका जारी गरिएको थियो ।
विश्वमा चिनिया पर्यटकको संख्या पछिल्ला दिनमा निकै बढिरहेको तर चिनिया पर्यटक असभ्य, छुच्चा र चोर हुने गरेको विभिन्न खाले समाचार सार्वजनिक भैरहेपछि गएको मे मा चिनिया उपप्रधान मन्त्रीले समेत चिनिया पर्यटकको यस्तो व्यवहारले चिनिया नागरिकको छवि गिरेको बताएका थिए ।
सरकारले यस्तो नियमको उल्लंघन गरेको थाहा भएमा त्यस्ता नागरिकलाई कारवाही गरिने बताएको छ । चीन सरकारले घुमफिर गर्दा सफा चट हुन, नाकका रौँ काट्न र दाँत कोट्याउँदा औँला प्रयोग नगर्न समेत निर्देशन जारी गरेको छ । साथै सरकारले सार्वजनिक शौचालयमा लामो समय नलगाउन, ट्वाइलेट राम्ररी सफा गर्न पनि निर्देशन जारी गरेको छ । साथै चिया कफी पिउँदा ठूलो स्वरमा सुरुप्प नपार्न पनि निर्देशनमा भनिएको छ ।
यस्तो निर्देशिका सार्वजनिक रुपमा प्रकाशन गर्नुका साथै चिनका अधिकांस ट्राभल्स एण्ड टुर्स कम्पनीहरुलाई समेत वितरण गरिएको छ


0 comments:
Speak up your mind
Tell us what you're thinking... !