|
|
|
|
काठमाडौं, १७ असोज । निर्वाचन आयोगले अगामी संविधानसभाको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको अन्तिम नामावली प्रकाशन गरी बिहीबार चुनाव चिन्ह प्रदान गरेको छ । सो निर्वाचनका लागि आयोगमा १ सय २४ राजनीतिक दलले निवेदन दिएका थिए । निर्वाचनमा भाग लिनका लागि आयोगमा १ सय ३० राजनीतिक दलले दर्ता गरेका थिए ।
समानुपातिक निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका ती राजनीतिक दलले भोलि आयोगमा आफ्ना उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने निर्वाचन कार्यक्रम रहेको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो ।
समानुपातिक निर्वाचनमा भाग लिन नचाहने दलले पहिलो हुने निर्वाचनमा भाग लिन पाउनेछन् । आयोगको केन्द्रीय कार्यालयमा समानुपातिक निर्वाचनको कार्यालय राखिएको छ । सो निर्वाचन प्रयोजनका लागि आयोगका सचिव नगेन्द्र दाहाललाई अधिकृत तोकिएको छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !